mobile

अमेरिकामा साइबर संकटकालको घोषणा

By Anu Rana on May 20,2019 - 10:41

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले एक बयान गर्दै भनिन् – यो आदेश संघिय सरकारलाई राष्ट्रिय सुरक्षामा अस्विकार्य जोखिम उत्पन्न गराउने विदेशी प्रविधि आपुर्तिकर्ताहरु सँग ब्यापारिक लेनदेन गर्ने अमेरिकी कम्पनीहरुलाई रोक्ने शक्ति प्रदान गर्छ ।


संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताएका छन् । अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने विश्वास गरिएका विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न बन्देज लगाइएको छ । आफूले निर्माण गर्ने पर्खाले काम गर्ने दाबी पनि उनले गरे । अमेरिका र अन्य केही देशहरूले चीनको ह्वावेईले उत्पादन गरेका उपकरणहरूको प्रयोग गरी चीनले आफ्ना आन्तरिक गतिविधिको निगरानी गर्न सक्छ भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।


राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गरे ।


उनको यो आदेश अन्तर्गत विदेशी दुरसंचार सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ । विदेशी दुरसंचार सेवाका कारण राष्ट्रिय सुरक्षालाई खतरा हुनसक्छ भनिएको छ । उसले अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायतलगायतका मित्रशक्तिलाई पनि हुवावेका उत्पादन प्रयोग नगर्न आग्रह गरिसकेको छ । तर फ्रान्स, बेल्जियम र जर्मनीले हालसम्म हुवावेको फाईभ(जी प्रविधिमाथि प्रतिबन्धको निर्णय गरेका छैनन् । अमेरिकाले आफ्ना संघीय निकायलाई हुवावेका उत्पादन प्रयोग नगर्न निर्देशन दिइसकेको छ ।

 

ट्याग -  #ट्रम्प #अमेरिका #साइबर #संकटकाल

LATEST NEWS

SUGGESTED ARTICLES

img