mobile

फोहोर फिर्ता लैजान क्यानडालाई फिलिपिन्सले दियो दबाब

By Anu Rana on May 20,2019 - 10:46

फिलिपिन्सले ५ वर्ष अघिको फोहोर विवादका कारण क्यानडास्थित राजदूतलाई फिर्ता बोलाएको छ । क्यानडाले फिलिपिन्समा ६ वर्ष अघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानडाको आफ्नो कुटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सिनले बताउनुभएको छ ।

सन् २०१३ र २०१४ मा क्यानाडाले फिलिपिन्सको तटीय इलाकामा दर्जनौं टन फोहोर फालेको थियो । फिलिपिन्सले त्यो फोहोर जतिसक्दो चाँडो फिर्ता लैजान क्यानडामाथि दबाब दिँदै आएको छ । 

विदेश सचिव लोक्सिनले ट्वीटमा भन्नुभएको छ, 'क्यानाडाले फोहोर लैजाने मे १५ को समयसीमा नाघेको छ । तत्काल क्यानाडाले काम सुरु नगरे हामी कुटनीतिक दर्जालाई घटाउनेछौं ।

उहाँले क्यानडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानडा छाड्न आदेश दिइएको पनि बताउनुभयो । मनिलास्थित क्यानडेली राजदूतावासले त्यस विषय सुल्झाउन काम गरिरहेको जनाएको छ । लोक्सिन जुनियरले क्यानडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानडा छाड्न आदेश दिएको पनि उल्लेख गरेका छन् । मनिलास्थित क्यानेडियन राजदूतावासले भने फोहोर विवाद सुल्झाउन प्रयास गरिरहेको जनाएको छ ।

क्यानडाले सन् २०१३ र २०१४ को अवधिमा १०३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले क्यानाडाले फोहोर तह लगाउने सन्दर्भमा पर्याप्त कदम नचालेको भन्दै ती कन्टेनर क्यानडा फिर्ता पठाइदिने बताउनुभएको छ । 

गत साता राष्ट्रपति डुटर्टेले फिलिपिन्स आइपुगेको फोहोर फिर्ता लैजान मे १५ को समयसीमा तोक्नु भएको थियो ।

फिलिपिन्सको एक अदालतले गत अप्रिल २४ मा फिलिपिन्स पुगेको फोहोर क्यानडा नै फर्काउन आदेश दिएको थियो । 

 

ट्याग -  #फिलिपिन्स #क्यानडा

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img

Whoops, looks like something went wrong.