mobile

दुबई विमान दुर्घटना: चार जनाको मृत्यु

By Anu Rana on May 20,2019 - 10:46

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिण एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ।

डीए–४२ नामक चार सिटे विमानमा दुई यात्रु र चालक र सहचालक थिए। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको थियो ।  

वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको सो चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए ।

दुर्घटनाबारे छानबिन थालिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७स्३० बजेतिर तल झरेको थियो।

सो दुर्घटनापछि अतिव्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो । अमेरिकी इन्जिनियरिङ तथा एरोस्पेस कम्पनी हनीवेलले आफूले फ्लाइट क्यालिब्रेशन सर्भिसेजको सेवा लिएको र सो विमानलाई दुबईमा आफ्नो कामका लागि प्रयोग भएको बताएको छ।

 

ट्याग -  #दुबई #दुर्घटना #मृत्यु

LATEST NEWS

SUGGESTED ARTICLES

img