mobile

भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता

By Anu Rana on May 20,2019 - 10:47

भेनेजुएली सरकार र प्रजातान्त्रिक विपक्षीबीच युरोपेली राष्ट्रमा वार्ता भएको बताइएको छ। देशमा राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शनमा वृद्धि भइरहेकै समयमा समस्या समाधानका लागि सम्भावित हल खोज्नका लागि दुई पक्षबीच वार्ता भएको सरकारी वार्ता प्रतिनिधिले बिहीबार जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘बोलिभारियन सरकार र विपक्षीतर्फका प्रजातान्त्रिक समूहबीच नर्वेमा वार्ता भइरहेको विषय पक्का हो,’ संयुक्त राष्ट्रसंघका लागि भेनेजुएली राजदूत जर्ज भालेरोले अमेरिकी हस्तक्षेपको विरोध गर्दै संचारकर्मीहरुसँग बताए। ‘भेनेजुएली सरकार वार्ता मन पराउने सरकार हो,’ अमेरिकी राष्ट्रपति ट्रम्पलाई युद्ध अपराधी भन्दै भालेरोले बताए।

‘देशको विडम्बना भन्नुपर्छ भेनेजुएलामा युद्ध चाहने र आतंकवादका साथै फासिस्ट व्यवस्थालाई अगाडि बढाउन चाहने विपक्षी दल पनि रहेको छ, जुन अमेरिकी शासकका कठपुतली हुन्,’ उनले बताएका छन । भेनेजुएली सरकार र विपक्षीबीच वार्ता भइरहेको बेलामा आफूले बोल्नु भनेको आफ्नो मूल्य मान्यतामा नपर्ने नर्वेली विदेश मन्त्रालयले जनाएको छन ।

विगतमा पनि सरकार र विपक्षीबीच कैयौं चरणको वार्ता भएको र त्यसले निष्कर्ष दिन नसकेको भन्द्यै उनीहरुले आशंका व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। राष्ट्रसंघका लागि भेनेजुएली राजदूत भालेरोले नर्वेमा भइरहेको वार्ताबारे विस्तृत विवरण भने दिएनन्।

समाजवादी नेता ह्युगो चाभेजको सन् २०१४ मा निधन भएदेखि भेनेजुएलाको शासनमा रहेका राष्ट्रपति मादुरोले सन् २०१८ को निर्वाचनमा आफूले जितेको भन्दै दोस्रो कार्यकालका लागि गत जनवरी पहिलो साता राष्ट्रपति पदको शपथ लिएका थिए। उनले राष्ट्रपति पदको शपथ लिएपछि विपक्षी दलले जनवरी तेस्रो साता मादुरोविरुद्ध राजधानी कराकसमा प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागीका सामु विपक्षी नेता एवं विपक्षीनको नियन्त्रणमा रहेको देशको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गुआइडोले देशको संविधानलाई उद्धृत गर्दै आफू अन्तरिम राष्ट्रपति भएको घोषणा गरेका थिए।

भेनेजुएलाको संविधानअनुसार देशमा राष्ट्रपति नभएका बेला राष्ट्रिय सभाका अध्यक्ष अन्तरिम राष्ट्रपति हुने र उनले देशमा नयाँ निर्वाचन गरी लोकतान्त्रिक सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको छ। विपक्षी नेता गुआइडोले गैरकानुनी निर्वाचनमार्फत मादुरो राष्ट्रपति बन्न खोजेकाले देशमा आधिकारिक राष्ट्रपति नभएको भन्दै देशको संविधानअनुसार आफू अन्तरिम राष्ट्रपति भएको घोषणा गरेका थिए।

 

 

 

 

 

 

 

 

 

ट्याग -  भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img