mobile

ग्रेटवाल, रञ्जना लिपि र आश्चर्यहरू

By Anu Rana on May 20,2019 - 10:40

चीनको ग्रेटवालमा नेपाली रञ्जना लिपि भेटिनु नेपालीहरूका लागि अर्को आश्चर्य बनेको छ । यो लिपि नेवारी भाषाको सबैभन्दा पुरानो लिपि र यस अर्थमा नेपालको पुरानो लिपि हो, ग्रेटवालजस्तो प्राचीन मानव निर्मित पर्खालमा यो लिपि भेटिनुले नेपालीका मनमा आश्चर्य मात्र होइन, खोज तथा अनुसन्धानको कौतुहलता नै जागेको छ ।

नेपालबाट आफ्नो अपनत्व र पहिचान बोकेको रञ्जना लिपि लोप हुन लागेको र यस्को यसको खोजी र जिज्ञासुहरूका लागि पढाइ सिकाइको प्रक्रिया पनि सुरु गरिएको पाइन्छ । नेपाली खस भाषा पनि अब त क्रमशः किनारा लाग्दै जाने प्रक्रिया सुरु हुन थालेको छ । विश्वबजारमा नेपालको पहुँच नभए पनि विश्वबजारको उपभोक्ता भएकाले नेपालीहरूमा नेपाली भाषाको मोह कम हुन गएको हो । धेरै कुरामा त विश्वबजारले पनि निर्णय लिने र निर्णायक हुने गरेको छ ।

प्राचीन समयमा निर्मित चीनको ग्रेटवालमा पाइएको नेपाली रञ्जना लिपिले नेपालीहरूलाई विश्वमा चिनाउने काम गरेको छ । तर, यसको प्रचारप्रसार र थप खोजी जरुरी छ । यसै प्रसंगलाई कोट्याउँदा नेपाली चेली भृकुटीको विवाह तिब्बतका स्रोङचङ गम्पोसँग गरिदिएको ऐतिहासिक रुप रही आएको छ ।

 चीनमा फैलिएको पगोडा शैली र पगोडा शैलीमा निर्माण भएका त्यहाँको भौतिक संरचनाहरू हाल चीनका लागि पर्यटकीय आकर्षणका स्रोत बन्न पुगेका छन् । यो शैली भृकुटीसँगै तिब्बतमा पठाइएका नेपाली कलाकार अरनिकोको देन हो । हाल पनि चिनियाँहरू यो पगोडा शैलीलाई नेपाली शैली भनेर बुझ्ने गर्दछन् । तर, नेपालमा भने उक्त शैली लोप  हुँदै गएको छ । बरु पश्चिमा भौतिक पूर्वाधार निर्माणका मोडलहरूले क्रमशः सिंगो देशलाई च्याप्दै लगेको पाइन्छ ।

यी पुराना निर्माण शैलीहरू लोप हुने क्रमसँगै नेपालबाट लोप भएको रञ्जना लिपि प्राचीन मानव निर्मित ग्रेटवालमा पाइनु निकै खुसी र आश्चर्यको विषय बनेको छ । हाल चीनसँगको नेपालको चलिआएको शान्ति र मैत्री सम्बन्धमाथि केही प्रश्नहरू उठिरहँदा यो लिपि पाइनु र पहिचान गरिनुले नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउने देखिन्छ ।

चीनको ग्रेटवाल आफंैमा विश्वका आश्चर्यमध्ये एक हो । मानव निर्मित आश्चर्यहरूमा यो निकै चर्चित र व्यापक रुप्मा रहेको छ । मानिसहरूले ग्रेटवाल भन्ने बित्तिकै चीनको त्यो भीमकाय पर्खाललाई सम्झन पुग्छन् । पृथ्वीमा देखिने अरू केही मानव निर्मित कुरा छ भने त्यो चीनको ग्रेटवाल नै हो । यसलाई विश्वको सम्पदामा सूचीकृत गरिएको छ । यो मानिसले बनाएको संसारको सबैभन्दा लामो पर्खाल पनि हो । यसको लम्बाइ २१ हजार १ सय ९६.१८ किलोमिटर रहेको छ ।

यो पर्खाल बनाउँदा सैयौं वर्ष लागेको र यो ६ वटा विभिन्न वंशका राजाहरूले राज्य गर्दा निरन्तर रूपमा थप्दै र बनाउँदै लगेका थिए । यो २ हजार ३ सय वर्ष पुरानो रहेको छ । बेलाबेलामा विभिन्न ठाउँहरूमा बनाइएका पर्खालहरूलाई ‘क्विन वंश’को राजाहरूका पालामा जोडेर एउटै लामो भीमकाय पर्खालको स्वरूप दिइएको थियो । क्विन वंशको समयलाई चिनियाँ इतिहासमा सबैभन्दा महœवपूर्ण समयका रूपमा लिइन्छ ।

 

 

 

 

ट्याग -  ग्रेटवाल , रञ्जना लिपि र आश्चर्यहरू

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img

Whoops, looks like something went wrong.