mobile

अस्ट्रेलियामा मोरिसनको कन्जर्भेटिभ गठबन्धन बहुमतनजिक  

By Anu Rana on May 20,2019 - 15:49

अस्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मरिसन पुनः निर्वाचित हुने भएका छन् । उनको नेतृत्वको गठबन्धनले सरकार बनाउनका लागि आवश्यक बहुमत ल्याउने करिब निश्चित भएकाले उनी पुनः प्रधानमन्त्री हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोरिसन नेतृत्वको गठबन्धनले ७५ सिटमा जित हासिल गर्ने देखिएको छ । अस्ट्रेलियाको संसदमा बहुमतका लागि ७६ सिटको आवश्यकता पर्छ ।

अस्ट्रेलियाको यो निर्वाचनमा लेबर पार्टी एक्लैले ६७ सिट जितेको छ । निर्वाचनमा गठबन्धनले एकल बहुमत ल्याउन नसकेको अवस्थामा लेबर पार्टीले सबै स्वतन्त्र सांसदलाई मिलाएर सरकार बनाउन सक्ने अवस्था छ । तर यो सम्भावना निकै कम रहेको बताइएको छ ।

धानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जर्भेटिभ गठबन्धनलाई आश्चर्यजनक नतिजा सहित संघीय चुनावमा पुनर्निर्वाचित राएकोमा मतदातालाई धन्यवाद दिएका छन् । उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ‘आफूले सधैँ आश्चर्यमा विश्वास गरेको’ बताएका थिए । विपक्षी लेबर पार्टीका नेता विल सर्टनले हार स्विकार्दै राजिनामा घोषणा गरेका छन् ।

अन्तिम मतपरिणाम सार्वजननिक नभइसके पनि मरिसन नेतृत्वको लिबरल-नेसनल गठबन्धनले सरकार बनाउने पक्का भइसकेको छ ।

परिणामअनुसार विपक्षी लेबर पार्टी ६५ सिटमा विजयी भएको छ । अस्टे्रलियामा १ सय ५० प्रतिनिधिसभा सदस्य र माथिल्लो सदन सिनेटका ७६ सिटका लागि चुनाव भएको हो ।

अस्टे्रलियामा बालिगमध्ये ९० प्रतिशतले मतदान गरेका थिए । अनिवार्य भोटिङको व्यवस्था भएकाले कुनै खास कारणबिना मतदानमा सरिक नहुनेलाई जरिवान गर्ने गरिन्छ । प्रत्येक ३३ वर्षमा आम निर्वाचन हुने गर्छ । तर, पार्टीभित्रको आन्तरिक शक्तिसंघर्षका कारण सन् २००७ यता कुनै पनि प्रधानमन्त्री पूरा कार्यकाल पदमा रहेका छैनन् । ९ महिनाअघि माल्कोल्म टर्नबुलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका मरिसनले आफ्नो दल लिबरल र नेसनल पार्टीबीच चुनावी गठबन्धन गरेका हुन् ।

ट्याग -  अस्ट्रेलियामा मोरिसनको कन्जर्भेटिभ गठबन्धन बहुमतनजिक  

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img