mobile

इराकमा अमेरिकी दूतावास नजिक बम विस्फोट

By Anu Rana on May 20,2019 - 15:50

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतवार विस्फोटको भएको छ । स्पुटनिक समाचार समितिका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको जानकारीमा आएको भने छैन ।

इराकी अधिकारीहरुले उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, अमेरिकी दूतावास नजिकै ठूलो बिस्फोटको आवाज आएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाले केही सरकारी कर्मचारीलाई इराक तत्काल छाड्न आदेश दिएको केही दिनभित्रै उक्त बिस्फोटको आवाज आएको हो। अमेरिकी विदेश मन्त्रालयले पनि आफ्ना नागरिकलाई इराक भ्रमण नगर्न अनुरोध पनि गरेको छ।

अमेरिकाले इराक समेत समग्र मध्यपूर्वमा आतङ्कवाद, अपहरण र सशस्त्र द्वन्द्वको अवस्था रहेको भन्दै अमेरिकी नागरिकलाई यस क्षेत्रको भ्रमण गर्दा सावधानी अपनाउन भनेको छ ।

ट्याग -  इराकमा अमेरिकी दूतावास नजिक बम विस्फोट

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img