ठेक्का सम्झौता शुरु भएको दुईवर्ष नाघिसक्दा नख्खु खोलाबाट भँैसेपाटी हुँदै बुङ्गमतीसम्म सडक २५ प्रतिशत मात्रै काम भएको छ । ठेक्का सम्झौताको म्याद आगामी साउनसम्म रहेको तर भौतिक प्रगति भने ज्यादै कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गर्न ढिलाइ गरेकाले कार्यान्वयनमा ढिलाइ भएको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । नेपाली काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाले दर्ता गराउनुभएको ‘नेपालमा सडक दुर्घटना परेर मृत्यु वा घाइते हुनेका तथ्याङ्क पछिल्लो पाँच वर्षमा भयावह रुपमा बढिरहेकाले दुर्घटना रोक्न कदम चाल्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस्’ भन्ने जरुरी महत्वको प्रस्तावमाथि बैठकमा छलफल भएको हो ।
कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले तीन दिनदेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणका काम रोकेका छन् । विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकास्थित गोठाटार पुल आसपासका स्थानीयवासीको १८८ रोपनी जग्गा २०५३ सालमा पानी शुद्ध बनाउने भन्दै वाग्मतीमा पारिएको थियो ।
नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक ९पाइलट० को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले जनाएको हो । पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए ।
केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षअघि आजकै दिन माघ २९ गते प्रदेशसभा सदस्य डोरमणि पौडेललाई मुख्यमन्त्रीका रुपमा शपथ गराउनुभएको थियो ।
प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन अनुमति दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धीत समितिमा पठाईयोस्’ भन्ने प्रस्तावलाई सदनले स्वीकृति दिएको हो ।
प्रतिनिधिसभाले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐन संशोधान गर्ने
साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताउनुभएको छ । आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आयोजना गरेको कार्यक्रममा दीक्षितले ‘रामायण’ र ‘महाभारत’ रचना हुनुुपूर्व नै शिवपार्वतीको इतिहास नेपालमा पाइने आफ्नो अनुमान रहेको बताउनुभयो । “मेरो अनुमानलाई आधारित बनाएर खोज अनुसन्धान गर्ने हो भने नेपाली साहित्यको इतिहास झनै उच्च बन्न सक्छ”,
अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको सेज एजुकेशन सर्भिसेजको सेवा काठमाडौंमै उपलब्ध हुने भएको छ । नेपालमा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीहरुका लागि सिड्नीबाटै सेवा दिँदै आएको सेजले काठमाडौंमा शाखा विस्तार गरी सेवा दिन थालेको हो ।
भारतको राजधानी दिल्लीको करोल बाग क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।
हामीमध्ये धेरैले मोबाइल फोन खरीद गरिरहेको हुन्छौँ जसले जहाँ हामी क्यामराको क्षमता, ब्याट्री तथा अन्य फिचरहरुमा मात्र ध्यान दिन्छौँ । तर उक्त मोबाइल फोनको जानकारी पुस्तिकामा सानो अक्षरमा लेखिएको यसको रेडियसन लेभल अर्थात् विकिरणको तहको बारेमा पढ्ने बानी हामीमा छैन ।
पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा खाना पर्व (फुड फेष्टिवल) शुरु भएको छ । पर्वको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम शुरु भइसकेको बताउनुभयो । प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन(रेवान) सौराहाले पर्वको आयोजना गरेको हो ।
चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ । पहिलोपटक नगरभित्रका दुई खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले अवैध उत्खनन रोक्न अनुगमन समिति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नै संयोजकत्वमा जिल्लाका सरोकारवाला रहने गरी अनुगमन समिति निर्माण गर्न लागेको बताउनुभयो ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्ने होड चलेको बताउनुभएको छ । दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालीम समापनमा महानिर्देशक घिमिरेले व्यावसायिक योजना बनाएर भन्दा पनि रहर, लहर र ‘आइडोलोजी’का आधारमा सञ्चारमाध्यम खोल्ने तीव्रताले सञ्चालनको केही समयमै बन्द हुने अवस्थामा पुग्ने गरेको बताउनुभयो ।
भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गर्नुभएको हो । “तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण
टीकापुर महोत्सवमा रु एक करोड बराबरको कारोवार भएको छ । ‘औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा रु २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो । महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीका अनुसार महोत्सवमा दुई सय कक्ष रहेको थियो ।
जिल्ला कारागारका कैदीका लागि पुस्तक सङ्कलन अभियान थालिएको छ । कर्णाली प्रदेश प्रहरीको कार्यक्रमअन्तर्गत कैदीका लागि पुस्तकालय स्थापना गर्न पुस्तक सङ्कलन गरिँदै आएको छ । जिल्ला प्रहरी कार्यालयले गत पुस २५ गतेदेखि सञ्चालन गरेको सो अभियानअन्तर्गत हालसम्म पाँच सय पुस्तक सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तहमा आफ्नो भवन नहँुदा कामकाज गर्न समस्या भएको छ । कार्यालय भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता छ । दिपायल सिलगढी र शिखर नगरपालिकाको आफ्नो कार्यालय भवन भए पनि अन्य वडामा भवन नहुँदा कर्मचारीले भाडाका घरमा कार्यालय राखेर कामकाज गर्दै आएका छन् । गाउँपालिकाले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् ।
महोत्तरीको बर्दिवास नगरपालिका–११ चनौटेका चट्याङपीडित दुई परिवारको बिचल्ली भएको छ । गत शनिबार चट्याङ परेर स्थानीयवासी दिलबहादुर डिम्डोङ र बुद्धिमान जिम्बाको घर नष्ट हुँदा बिचल्ली भएको हो । धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएपछि उनीहरुलाई बस्न र खान सकस परेको छ । दुवै घर जल्दा रु ११ लाखभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।