img
धनगढी विमानस्थलको अनुगमन

स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् । धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् ।

by RSS | May 17
img
लुम्बिनीका पसलमा अनुगमन

वणिज्य कार्यालयले लुम्बिनीका विभिन्न पसलमा अवैध तरिकाले बिक्रीका लागि राखिएको पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएको छ । लुम्बिनी क्षेत्रका विभिन्न छ पसलमा बिक्रीका लागि राखिएका डिजल र पेट्रोलका बोतल जफत गरिएको हो । वाणिज्य कार्यालयको नेतृत्वमा गएको नाप तौल तथा गुणस्तर कार्यालय, सुरक्षा निकाय र पत्रकारको टोलीले पसलमा अनुगमन गरेको थियो ।

by RSS | May 12
img
एक हजार चार सय व्यवसायमा अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आवमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ । साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताउनुभयो । उहाँका अनुसार विभागले नियमितरूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ ।

by RSS | Mar 27
img
मन्त्रीद्वारा अस्पतालमा छड्के

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गर्नुभएको छ । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन । मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी लिनुभएको थियो ।

by RSS | Mar 24
img
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत अनुगमन गर्नुहुन्छ ।

by RSS | Nov 14
img
भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी

भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा एचके खाद्य स्टोरले पसल दर्ता नगरी गैरकानूनी

by RSS | Jul 17
img
पाँच सय किलोमिटर सडक कालोपत्र गर्ने : प्रमुख पराजुली

विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ । महानगरपालिकाले सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु ६२ करोडको लागतमा नालासहित १४ वटा सडकको (१३ दशमलव पाँच किलोमिटर) निर्माण कार्य शुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको छ । 

by RSS | Mar 16
img
झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला

बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो । 

by RSS | Mar 16
img
बजेट तथा खर्च संरचनासम्बन्धी छलफल

सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित अनुगमन मूल्यांकन, मध्यकालीन खर्च संरचना तथा बजेट सम्बन्धमा आज यहाँ दुईदिने तालीम सम्पन्न भयो । समापनका अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सीमाभित्र रहेर आगामी वर्षको बजेट तर्जुमा गर्नुपर्ने उल्लेख गर्दै बजेट सीमाभन्दा माथि जाने हो भने पनि स्पष्ट कारण खुलाएर प्रस्ताव प्रस्तुत गर्न आग्रह गर्नुभयो । 

by RSS | Jan 17