img
साइबर अपराध तालीम

साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालीम प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालीम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालीममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो ।

by RSS | May 10
img
किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना

मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको भनाइ छ ।

by RSS | Apr 30
img
अवैध हतियार सङ्कलन

जिल्लामा ५६ थान अवैध हतियार सङ्कलन गरिएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र २३ थान तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमको अभियानमार्फत ३३ थान हतियार सङ्कलन गरिएको हो । सङ्कलन गरिएका हतियार आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

by RSS | Apr 22
img
विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा

पछिल्लो समयमा बढ्दै गएका साइबर अपराधका घटनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले अभियान चलाएको छ । जिल्लाका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई साइबर अपराधबारे कक्षा सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी समुदाय, प्रहरी साझेदार’ कार्यक्रमअन्तर्गत विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो ।

by RSS | Jan 04
img
साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी

लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ । समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका

by RSS | Dec 18
img
सीमामा वारिपारिको मिलोमतोमा अपराध

भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरीपछि अहिले झापा पनि भारतीयका लागि सुरक्षित अपराधस्थलका रुपमा चिनिन थालेको छ । 

by RSS | Dec 14
img
‘स्कुल स्कुलमा प्रहरी’

यौनजन्य अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम आजदेखि शुरु भएको छ ।अपराध न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेश नं ३ प्रहरी कार्यालयको आयोजनामा प्रदेशका सम्पूर्ण मातहत जिल्लामा आजदेखि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको हो । बालबालिकालाई सुरक्षित राख्नका लागि स्कुल स्कुलमा प्रहरी कार्यक्रममार्फत प्रहरी कार्यालय मतहतका सम्पूर्ण सरकारी तथा निजी

by RSS | Sep 10
img
साइबर अपराध समस्याका रुपमा

सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन ।जष्ट से नो नेपाल नामक संस्थाले सोमबार साइबर अपराध र कानूनी व्यवस्थाका बारेमा

by RSS | Jul 10
img
उपत्यकामा साइबर अपराधका घटना बढ्दो

काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् । साइबर अपराधमध्ये चालू

by RSS | May 31
img
अपराधीको रुपमा दर्ता भए सलमान खान  

बलिउड अभिनेता सलमान खान अब अपराधीको रुपमा दर्ता भएका छन् । उनको नाम अपराधीको सूचीमा दर्ता नम्बर ३९ मा दर्ता भएको छ । यो सूचीमा ती अपराधीहरु छन् जो संरक्षित जनावरको शिकार, तस्करी वा यस्तै अपराधमा लिप्त पाइएका छन् । भारतको वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्यूरोले सलमानलाई अपराधीको रुपमा सूचीकृत गरेको हो ।

by Anu Rana | Apr 23