img
पर्यटन प्रवर्द्धन अभियान शुरु

नेपाल भ्रमण वर्षलाई लक्षत िगरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हमािलयन बैंक र अमेरकनि एक्सप्रेसको समन्वय र सहकार्यमा ॅएक्स्पेरयन्सि नेपाल’ अभयािन शुरु भएको छ । अमेरकनि एक्सप्रेस कार्ड प्रयोगकर्ता वदेिशीलाई स्वदेशी प्राकृतक िसौन्दर्यता, मौलकतिा र ववधितिाका बारे जानकारी गराई नेपालमा भ्रमणका लाग आिकर्षत िगर्ने अभयािनको मुख्य उद्देश्य हो ।

by RSS | May 16
img
साक्षरता अभियान प्रभावकारी बन्दै

जिल्ला शिक्षा विकास समन्वय एकाइले साक्षरता अभियान प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । बाजुराका नौ वटै स्थानीय तहसँगको सहकार्यमा अभियान प्रत्येक वडा र टोल बस्तीमा कार्यक्रम सञ्चालन भइरहेका छन् । आगामी असारभित्र साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यसहित अभियानका गतिविधिलाई तीव्रता दिएको शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले जानकारी दिनुभएको छ ।

by RSS | May 16
img
बर्डफ्लु रोगविरुद्ध सचेतना अभियान

स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध यहाँ सचेतना अभियान कार्यक्रम थालेको छ । सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएकाले जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सचेतना अभियान कार्यक्रम थालेको हो ।

by RSS | May 15
img
बीउ संरक्षण अभियानमा किसान

कुनैबेला बीउ खोज्न जिल्ला बाहिर जाने यहाँका किसान पछिल्लो समय रैथाने बीउ संरक्षण अभियानमा जुटेका छन् । यहाँका किसानले आलु, जोरायली बासमती धान, हन्सराज धानलगायत रैथाने बीउको संरक्षण गर्ने अभियान थालेका छन् । जैविक विविधता संरक्षण तथा कृषि सहकारी संस्थाको सहयोगमा जोरायल गाउँपालिका–२ गैराका किसान बीउ संरक्षण अभियानमा सक्रिय भएका छन् ।

by RSS | May 14
img
लामखुट्टे मार्ने अभियान शुरु

लामखुट्टेको आतङ्क बढेको व्यापक गुनासोपछि सिरहाको लहान नगरपालिकाले आजदेखि लामखुट्टे मार्ने अभियान शुरु गरेको छ । सो अभियानको आज वडा नं ७ स्थित राम मन्दिरमा लामखुट्टे मारेर नगर प्रमुख मुनी साहले उद्घाटन गर्नुभयो । नगरपालिकाका २४ वटै वडामा ४५ दिने सो अभियानमा ४२ जना ‘फोरम्यान’ परिचालन गरिएको जनाइएको छ ।

by RSS | May 13
img
लामाको अठोट पूरा गर्न ‘भ्रष्टाचारविरुद्ध अभियान’

नेपालको कम्युनिष्ट आन्दोलनका नेता निर्मल लामाको अठोट पूरा गर्न भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्न लागिएको निर्मल लामा स्मृति प्रतिष्ठानले जनाएको छ । लामाको १९औँ स्मृति दिवसको अवसरमा आज राजधानीमा उक्त अभियान घोषणा गरिएको हो ।

by RSS | May 12
img
पार्टीलाई सङ्गठित गर्न जागरण अभियान : नेता थापा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान शुरु गरिएको बताउनुभएको छ । काङ्ग्रेस इच्छाकामना गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेलामा नेता थापाले कार्यकर्ताको मनोबल उच्च बनाउन र एकता कायम गर्नका लागि जागरण अभियान महत्वपूर्ण हुने बताउनुभयो ।

by RSS | May 10
img
जागरण अभियान : नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन

नेपाली काङ्ग्रेसले जागरण अभियान नवीन स्वरुपको व्यवस्थित कार्यान्वयन भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा बुधबारदेखि देशभरी शुरु भएको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानले काङ्ग्रेसलाई ऊर्जा मिलेको बताउनुभयो । “कार्यक्रमको नवीन स्वरूपको कार्यान्वयनमा कतिपय जिल्लाले शुरुआती अप्ठ्यारो अनुभूत गरेको पाइएपनि अधिकांश जिल्लामा ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको छ”,उहाँले भन्नुभयो ।

by RSS | May 10
img
सन्दर्भः विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’

विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’ भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वच्छ व्यवसायी सङ्गठनको आह्वानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवद्र्धन तथा जनमानसमा त्यसबारे जानकारी गराउने हेतुले विगतमा झै यस वर्ष पनि विभिन्न कार्यक्रमकासाथ उक्त दिवस मनाउने तयारी गरिएको छ ।

by RSS | May 10
img
जनजागरण अभियान सत्ताका लागि होइन : नेता रिजाल

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले काङ्ग्रेसले आजदेखि शुरु गरेको देशव्यापी जनजागरण अभियान सत्ता प्राप्तिका लागि नभई जागरणका लागि भएको बताउनुभएको छ । जनजागरण अभियानअन्तर्गत आज भक्तपुरको दूधपाटीमा आयोजित कार्यक्रममा उहाँले काङ्ग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्ने बताउनुभयो ।

by RSS | May 09
img
राष्ट्रिय जागरण अभियान : वैकल्पिक शक्तिको हैसियत बनाउनुपर्ने

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्गे्रसलाई जनताको चाहनाअनुसार वैकल्पिक शक्तिका रूपमा उभ्याउन हैसियत बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । राष्ट्रिय जागरण अभियानअन्तर्गत आज जनकपुरधाममा आयोजित सभामा नेता पौडेलले सरकारका काम जनअपेक्षाअनुरुप नभएको भन्दै गर्दै पार्टीले सशक्त विरोध गर्नुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य बलबहादुर केसीले सरकारले संविधान, सङ्घीयतालाई कागजको खोस्टोमा परिणत गर्न खोजेको आरोप लगाउनुभयो ।

by RSS | May 09
img
दुई पूर्वकार्यकारी प्रमुखले वैदिक नेपाल अभियानको नेतृत्व गर्ने

देशको कार्यकारी प्रमुख भई शासन सञ्चालन गरिसक्नुभएका दुई पूर्वप्रधानमन्त्रीले वैदिक नेपाल अभियानको नेतृत्व गर्नुहुने भएको छ । नेपाल महर्षि वैदिक फाउण्डेशनका नाममा विगत ११ वर्ष अघिदेखि शुरु भएको अभियानमै आबद्ध भएर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायधीश खिलराज रेग्मीले सल्लाहकारका रुपमा अभियानको नेतृत्व गर्न लाग्नुभएको हो ।

by RSS | May 08
img
काङ्ग्रेसको जागरण अभियान बुधबारदेखि शुरु हुँदै

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बुधबार मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ । सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काङ्ग्रेसले भोलि वैशाख २५ गतेदेखि शुरु हुने अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको जनाएको छ ।

by RSS | May 07
img
कुसुण्डा सहयोग अभियान घोषणा

अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो ।

by RSS | May 06
img
पर्यटक प्रवद्र्धन अभियान चलाइने

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।

by RSS | May 02
img
हिंसा रोक्ने अभियानमा ट्राफिक प्रहरी

दिनहुँ हुने बाल यौन हिंसा र त्यसबाट कसरी जोगिने भन्ने विषयमा ट्राफिक ज्ञानको जानकारीका साथै सचेतनामूलक दुईदिने अभियान आज सम्पन्न भएको छ ।

by RSS | Apr 29
img
राजपामा रडाको

फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी ९राजपा० यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ । दुई वर्ष अघि ९विसं २०७४ वैशाख ८ गते० पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ ।

by RSS | Apr 23
img
सगरमाथाबाट फोहर सङ्कलन

सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडाँै लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइएको हो ।

by RSS | Apr 21
img
विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ । सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उहाँले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्नुभएको छ ।

by RSS | Apr 16
img
देशभर विद्यार्थी भर्ना अभियान शुरु

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो ।

by RSS | Apr 16

LATEST NEWS