img
कम्युनिष्ट आन्दोलनलाई उचाइमा ल्याउन मदन¬आश्रितको महत्वपूर्ण भूमिका : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताउन्भुएको छ ।

by RSS | May 17
img
चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता

नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए ।

by RSS | May 14
img
भियतनामी क्रान्ति नेपाली समाजवादी र प्रजातान्त्रिक आन्दोलनका लागि पनि अभिप्रेरणाको

प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्हले भियतनामको स्वतन्त्रतामा योगदान दिएको, सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको, स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको तथा उहाँले समाजवाद र परिवर्तनको वास्तविक अर्थ दिएको बताउनुभएको छ । उहाँले होको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि अभिप्रेरणाको स्रोत भएको पनि बताउनुभएको छ ।

by RSS | May 12
img
पच्चीस प्रतिशत पारिश्रमिक वृद्धिपछि आन्दोलनरत मजदुर काममा फर्किए

सरकारले घोषणा गरेको न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षालगायत सेवा सुविधा उपलब्ध गराउन व्यवसायी तयार भएपछि राजधानीको बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत श्रमिक काममा फर्केका छन् ।

by RSS | May 12
img
आठ महीनादेखि क्याम्पसमा आन्दोलन

पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ । क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको हो । अहिले चार महीनादेखि शिक्षकले पारिश्रमिक पाएका छैनन् भने आठ महीनादेखि विद्यार्थीको निरन्तर आन्दोलन जारी छ ।

by RSS | May 09
img
कम्युनिष्ट नेता डिबी सिंहको अन्त्येष्टि

कम्युनिष्ट नेता दुर्गाबहादुर सिंह केसी (डिबी सिंह) को आज नारायणी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ । विसं २००३ मा प्यूठानको लुङमा जन्मनुभएका सिंहको ७३ वर्षको उमेरमा शनिबार साँझ ६ बजे उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा निधन भएको हो । उहाँ मुटु र दम रोगले ग्रसित हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

by RSS | Apr 29
img
नर्स आन्दोलनमा

नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।

by RSS | Apr 26
img
सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताउनुभएको छ । पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संसद्मा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिनेछ ।” 

by RSS | Mar 01
img
शिक्षामन्त्री बिरुद्ध नै आन्दोलन गर्छु : डा .केसीप  

प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रम सृजना गरेको आरोप लगाएका छन् । सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै डा .केसी मन्त्री बिरुद्ध खनिएका हुन् । संसदको वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पास नभएपछि डा । केसीले शिक्षामन्त्रीले नै अवरोध गरेको भन्दै राजीनामा माग गरे ।

by Anu Rana | Oct 03
img
सुनको सिन्डिकेट खारेजको माग गर्दै चितवनका सुन व्यवसायी आन्दोलनमा

आफुहरुले मागे जति सुन नदिएको भन्दै चितवनका सुन व्यवसायीहरुले दुई दिनका लागि व्यापार बन्द गरेका छन् । तीज, दशैं तिहार लगायत सुनको बढी कारोबार हुने समयमा राष्ट्र बैंकले आफुलाई झारा टार्ने हिसाबले सुन दिने गरेको भन्दै चितवनका सुन चाँदी व्यवासायीले विरोध स्वरुप मंगलबार र बुधबार सम्मको  लागि कारोबार नै बन्द गरेका हुन् ।

by Anu Rana | Aug 23
img
गोर्खा आन्दोलनलाई सशक्त बनाइने: गुरुङ

पूर्वगोर्खाहरुको संस्था गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो नेतृत्वमा गोर्खा आन्दोलनले प्राप्त गरेको ऐतिहासिक सफलतालाई समाप्त पार्न चौतर्फी षड्यन्त्र भइरहेको बताउनुभएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर गुरुङले आफूले सबै त्याग गरेर २७ वर्षसम्म रगत र पसिना बगाएर निर्माण गरेको इतिहासलाई समाप्त पार्न षड्यन्त्र गरिएको भन्दै सोको डटेर सामना गर्न अब मुकदर्शक बनेर नबस्ने निर्णय गरेको बताउनुभएको छ ।

by RSS | Jun 12
img
सिन्डिकेट हटाउने महानिर्देशक भट्टराईलाई मन्त्रीले विभागबाट हटाए 

यातायात सिन्डिकेट हटाउन महत्वपुर्ण भूमिका निर्वाह गरेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई मन्त्रालय तानिएको हुन्। उनलाई भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले विभागबाट मन्त्रालय तानेका छन ।

by Anu Rana | May 20
img
सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ । मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र बिच्छालगायतका परिवारलाई सिरक प्रदान गर्नुभएको हो । 

by RSS | Jan 19
img
सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति

सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 

by RSS | Jan 09

LATEST NEWS