img
कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताउनुभयो ।

by RSS | Apr 29
img
अविनाशीको ‘काठमाडौँ शहर’ सार्वजनिक

गीतकार राम अविनाशी’को दोस्रो म्युजिक भिडियो ‘काठमाडौँ शहर’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेको उक्त गीत बिहीबार सार्वजनिक गएिको हो । युवा गायक सविन लामाको स्वर रहेको उक्त गीतमा गीतकार अविनाशीले बाबुआमालाई काठमाडौँमा राख्ने अभिलासाले वैदेशिक रोजगारीमा गएको छोराको सङ्घर्षलाई देखाउन खोज्नुभएको छ ।

by RSS | Apr 26
img
नेपाली कला¬ संस्कृतिमा लोभिएका चिनियाँ कलाकार

धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै आकर्षणले अहिले १८ जना सम्मिलित चिनिया चित्रकारको एक समूह नेपालका पुरातात्विक क्षेत्रमा रमाइरहेको छ ।

by RSS | Apr 23
img
काठमाडौँको मख्खनगल्लीमा आगलागी

काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ । मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा जनपद प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो ।

by RSS | Mar 07
img
नेबानिले ताप्लेजुङ काठमाडौँ उडान शुरु गर्ने

लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट

by RSS | Oct 05
img
शैक्षिक हडतालका कारण शैक्षिक संस्था ठप्प

नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हडतालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन हुन सकेनन् । शैक्षिक हडतालका कारण क्याम्पसदेखि सामुदायिक तथा निजी विद्यालयको पढाइ ठप्प भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले शैक्षिक हडतालका कारण करीव ३५ हजार विद्यालयका ७५ लाख विद्यार्थीको पढाइ प्रभावित भएको बताउनुभयो । 

by RSS | Mar 04
img
रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ ।

by RSS | Jan 21
img
धुलो हटाउन माग गर्दै महानगरपालिका अगाडि नेवि संघको धर्ना

नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ । नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो । 

by RSS | Jan 12
img
चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । 

by RSS | Jan 07
img
मिसेज ब्युटी क्वीन बनिन् सुदीक्षा

महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो हुनुभएको छ । 

by RSS | Jan 05
img
इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । 

by RSS | Dec 25

LATEST NEWS