img
दुव्र्यसनीका घरघरमा प्रहरी

गत फागुन २५ गतेदेखि जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी ग¥यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपासमा रहेका दुव्र्यसनीको पहिचान भएको छ । प्रारम्भिक चरणमा सादा पोशाकमा खटिएको प्रहरीले दुव्र्यसनीको पहिचान गरेको हो । झण्डै एक हप्ताको प्रयासपछि दुई समूहमा आबद्ध आठ प्रहरीको समूहले ४० दुव्र्यसनी रहेको पत्ता लगाएको थियो ।

by RSS | May 15
img
एकल महिलालाई घर हस्तान्तरण

सडक दुर्घटनामा श्रीमान् गुमाएकी पूर्वी नवलपरासी कावासोतीकी एक महिलालाई विभिन्न चन्दादाताको सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । विसं २०७४ मङ्सिर ६ गते सडक दुर्घटनामा ज्यान गुमाएका रोशनबहादुर ठाडामगरका श्रीमती देवकी ठाडामगरको आर्थिक अवस्था कमजोर भएका कारण कालिका नारी विकास मञ्चको सक्रियतामा समाजसेवी विष्णुकुमार कार्की, कर्णेल धनबहादुर मास्की रानाले नयाँ घर निर्माण गरी हस्तान्तरण गर्नु भएको हो ।

by RSS | May 15
img
ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट

प्रहरीले चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ५६५ लिटर तयारी अवैध घरेलु मदिरा र १०० लिटर मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

by RSS | May 15
img
टोखामा पाँचसय घर पुनःनिर्माण

ऐतिहासिक र धार्मिक महत्वको स्थान टोखा नगरपालिकामा भूकम्पपछि ५०० घर पुनःनिर्माण गरिएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएका एक हजार ७४५ घरमध्ये ५०० घरमात्र पुनःनिर्माण भएको हो ।

by RSS | May 14
img
आगलागीमा दुई घर जल्यो

आगलागीमा दुई घर जल्दा खोटाङमा रु नौ लाख ५० हजार बढीको क्षति भएको छ । ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो । आइतबार भएको आगलागीमा सुवासको रु छ लाख ८५ हजार र नरबहादुरको रु दुई लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिनुभयो ।

by RSS | May 13
img
लाभग्राहीको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण शुरु

जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो ।

by RSS | May 13
img
चौध हजार ६६० लिटर घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।

by RSS | May 12
img
श्रीमतीलाई घर निकाला

तातोपानी गाउँपालिका–१ राँका जन्म घर भई तातोपानी–७ सर्मीमा विवाह गरेकी न्यूनदृष्टियुक्त किशोरी गाँसबासको खोजीमा भौँतारिँदै जुम्ला सदरमुकाम खलङ्गा आइपुग्नुभएको छ । सँगै जिउने वाचा गरेर न्यूनदृष्टियुक्त मानबहादुर कुँवरसँग विवाह बन्धनमा बाँधिएकी २० वर्षीया सरिता डाँगी घर निकाला गरेपछि अलपत्र पर्नुभएको छ । एक वर्षअघि कुँवरसँग विवाह गरेका उहाँलाई श्रीमानले घर निकाला गरेपछि आफू विचल्लीमा परेर माइतीघरमा आएको बताउनुभयो ।

by RSS | May 12
img
सबै घरमा टनेलमा तरकारी खेती

पर्वतको महाशीला गाउँपालिका–५ लुङ्खु देउरालीका कृषकलाई निःशुल्क प्लाष्टिक टनेल वितरण गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको एक घर एक टनेल अबवधारणाअनुसार वडाका १७३ घरका कृषकलाई यहाँ आयोजित एक कार्यक्रममा टनेल वितरण गरिएको हो ।

by RSS | May 09
img
हिमाली गाउँपालिकाः घरघरमा बिजुली र पानी

जिल्लाको हिमाली गाउँपालिकाले आगामी दुई वर्षभित्र प्रत्येक घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य लिएको छ । “गाउँपालिकाभित्र बसोबास गर्ने सबैको घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य छ”, गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भन्नुभयो, “बिजुली, सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन हुन्छ ।” जिल्लाका नौ वटा स्थानीय तहमध्ये हिमाली गाउँपालिका सर्वाधिक विकट मानिन्छ ।

by RSS | May 09
img
बुटवलका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

by RSS | May 09
img
सीप त सिकियो, काम खोजिदिनुस्

तनहुँ कारागारमा सजाय भोगिरहनुभएका होमबहादुर दर्जी तीन महीने सिलाइकटाइ तालीम लिएपछि उत्साहित हुनुहुन्छ । घरेलु तथा साना उद्योग विकास समिति र व्यास नगरपालिकाको सहयोगमा कारागारमा सञ्चालित सिलाइकटाइ तालीमले उहाँलाई स्वरोजगार बन्न उत्प्रेरणा जगाएको छ । कारागारमा यत्तिकै बस्नुभन्दा केही सीप सिक्ने इच्छाबमोजिम तालीममा सहभागी हुनुभएका उहाँले सीप सिकेपछि अब कामको माग गर्नुभएको छ ।

by RSS | May 08
img
महिला उद्यमीको ‘कोसेली घर’

बाँके जिल्लाका महिला उद्यमीको संयुक्त पहलमा नेपालगञ्जमा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा महिला उद्यमी सङ्घ बाँकेमा आबद्ध महिला उद्यमीले कोसेली घर सञ्चालनमा ल्याएका हुन् । यहाँस्थित बिपी चोक नजिकै सञ्चालनमा ल्याइएको सो कोेसेली घरमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला, वस्तुकलाका साथै खाद्य वस्तु बिक्रीमा राखिएका छन् ।

by RSS | May 08
img
बर्दिवासमा घरविहीनलाई पक्कीघर बन्दै

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने भएका छन् । नगर क्षेत्रभित्रका सुकुम्वासी गरीबलाई लक्षित गरी नगरपालिकाले पक्की घर निर्माणको काम थालेपछि यहाँका गरिबले अब पक्कीघरमा बस्न पाउने भएका हुन् । जनता आवास कार्यक्रमअन्तर्गत आज बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्कीघर निर्माण काम थालिएको हो ।

by RSS | May 08
img
पक्की घर बनाउँदै राउटे

कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् । भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

by RSS | May 05
img
सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा

गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन शुरु गरिएकोे होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिनुभयो । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको प्रवद्र्धन गर्दै त्यहाँका कलासंस्कृति र पहिचानसमेतको प्रचार–प्रसारका लागि होमस्टे सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

by RSS | May 05
img
सच्याइएकोः बारापर्सामा वैशाख २१ गते घर निर्माण थालनी हुने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताउनुभएको छ । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गर्नुभयो ।

by RSS | Apr 29
img
अध्यक्ष मगरलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगरले ‘इन्टरनेशनल हाप्किडो मास्टर्स अफ दि एयर–२०१९’ अवार्ड पाउनुभएको छ । जर्मनीको म्युनिखमा आइतबार राति भएको कार्यक्रममा सेल्फ डिफेन्स जर्मनी फेडरेसनले मगरलाई सो अवार्ड प्रदान गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको दोस्रो कार्यकालका लागि विसं २०७४ मा मगर पुनः निर्वाचित हुनुभएको थियो ।

by RSS | Apr 29
img
बारापर्सामा वैशाख २१ गते घर निर्माण थालनी हुने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले अविलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गर्ने बताउनुभएको छ । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न अआउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गदै नेपाल सरकारले गरेको निर्णयलाई अआधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गर्नुभयो ।

by RSS | Apr 29
img
सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि गाउँमा रौनक बढ्यो

मुलुक सङ्घीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँमा रौनक बढ्न थालेको छ । स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाले ग्रामीण बस्तीमा सेवा विस्तार गर्नु, सञ्चार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, ब्यापार व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर झरेका मानिस पनि गाउँ फर्कन थालेका छन् ।

by RSS | Apr 29

LATEST NEWS