img
काङ्ग्रेसले जनताको विश्वास जित्नुपर्छ : वरिष्ठ नेता पौड्याल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले जनताले विश्वास जित्नेगरी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल महिला सङ्घको मोरङको दुुईदिने प्रशिक्षण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्नुुहँुुदै उहाँले काङ्ग्रेसप्रति जनताका विश्वास जोडिएकाले समयसापेक्षरुपमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । वरिष्ठ नेता पौड्यालले पार्टीलाई सङ्गठित बनाउन काङ्ग्रेस पार्टीको महाधिवेशन समयमा हुुनुुपर्ने अन्यथा सङ्गठन कमजोर हुने बताउनुभयो ।

by RSS | May 13
img
युक्रेनमा हास्यकलाकारले चुनाव जित्ने स‌ंकेत

युक्रेनमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि शुरु भएको हो । उक्त मतदानमा युक्रेनमा हास्यकलाकार भोलोडिमियर जेलेन्सकी राष्ट्रपतीय चुनाव जित्ने देखिएको छ । एक्जिट पोलका अनुसार जेलेन्सकीले ७० प्रतिशतभन्दा बढी मत पाएका छन् ।

by Anu Rana | Apr 25
img
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।

by RSS | Apr 24
img
लेष्टर सिटीमाथि टोटनहृयामको जित

टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गरेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनहृयामले लेष्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

by Anu Rana | Feb 11
img
डियाजको डेब्यू खेलमा रियल मड्रिडको जित

कोपा डेल रे फुटबलको बिहीबार बिहान घरेलु मैदानमा खेलिएको खेलमा रियल म्याड्रिडले सजिलो जित हात पारेको छ। घरेलु लिग स्पेनिस ला लिगामा गतिलो प्रदर्शन गर्न नसकिरहेको रियलले कोपा डेल रेको अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा लेगानेसलाई ३-० गोलले पराजित गरेको हो।

by Anu Rana | Jan 11
img
सिरिज जित्दै भारतलाई ७१ वर्षमा अस्ट्रेलियामा पहिलो सफलता

टेस्ट क्रिकेटमा भारतले ऐतिहासिक सफलता हात पारेको छ। भारतले अस्ट्रेलियालाई उसकै घरेलु मैदानमा पहिलो पटक हराउँदै सफलता हात पारेको हो। अस्ट्रेलियामा टेस्ट खेल्न भ्रमण गर्न थालेको भारतले ७१ वर्षपछि पहिलो पटक जित हात पारेको हो। चौथो तथा अन्तिम टेस्टको पाँचौँ दिन पनि वर्षाले खेल सम्भव नभएपछि भारतले २–१ को अग्रता लिँदै अस्ट्रेलियन भूमिमा टेस्ट सिरिज हात पारेको हो ।

by Anu Rana | Jan 09
img
बार्सिलोनाको शानदार जित  

स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्दै आफ्नो शिर्ष स्थान कायमै राखेको छ। गएराती भएको खेलमा बार्सिलोनाले सेल्टालाई २-० गोल अन्तरले पराजित गरेको हो।जितसँगै बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँग तीन अंकको स्पस्ट अग्रता बनाएको छ । अर्को खेलमा एट्लेटिको म्याड्रिडले पनि इस्पान्योललाई १–० गोलले हरायो ।

by Anu Rana | Dec 24
img
वेष्टइन्डिजविरूद्ध भारतको फराकिलो जित  

चौथो एक दिवसीय क्रिकेट खेलमा भारतद्वारा वेष्ट इन्डिज २२४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

by Anu Rana | Oct 31
img
टी–२० छनोटमा नेपालको लगातार चौथो जित

मलेसियामा जारी आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह ‘बी’ मा नेपालले लगातार चौथो जित पार्न सफल भ्एको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ११७ रनले हराएको हो ।

by Anu Rana | Oct 10
img
व्यापारिक मार्ग विस्तारमा जितपुर बजार बाधक

व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढेपनि जितपुर बजारवासीले सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचना भत्काउन मानेका छैनन् । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी आइसिपी सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक बनेको छ ।

by Anu Rana | May 03
img
सन्दिप लामिछानेको टिमको पहिलो जित,  

सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन्। कलिलै उमेरमा राष्ट्रिय टोलीमा परेका सन्दिप सानै उमेरदेखि चर्चामा आएका थिए। सन्दिपलाई क्लबमा अनुबन्धन गरेसँगै दिल्लीले ट्विीट गर्दै भनेको छ, ‘नेपालबाटै आइपिएल खेल्ने पहिलो खेलाडी बनेका १७ बर्षीय लेग स्पिनर सन्दिपलाई अनुबन्धन गर्न पाउनु टिमका लागि निकै राम्रो हो।‘  

by Anu Rana | Apr 16
img
विश्वकप क्रिकेट छनोट : नेपाल फिल्डिङ गर्दै

जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गतको प्लेअफ खेलमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा अहिले नेपाल एक दिवसीय मान्यता पाउनका लागि पपुवा न्युगिनीको सामना गरिरहेको छ । 

by RSS | Mar 15
img
हङकङले टस जितेर ब्याटिङ गर्दै

आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालविरुद्वको आफ्नो अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेको छ ।

by RSS | Mar 12
img
विश्वकप क्रिकेट छनोट : नेपालले टस जितेर ब्याटिङ गर्दै

आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ स्कटल्याण्डको समाना गर्दैछ । 

by RSS | Mar 08
img
सामसुङ ग्यालेक्सी नोट ८ खरिदमा उपहारसहित विभिन्न सुविधाहरु

 नेपालका हजारौं ग्राहकहरुको मन जित्न सफल सामसुङ नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको लागि सामसुङ नोक्स प्रविधि प्रयोग गरिएको छ । यसले ग्राहकलाई आजको अत्याधुनिक प्रविधिसँग जीवन्त राख्न विशेष सहयोग प्रदान गर्ने कम्पनीले जनाएको छ । सामसुङ इलेक्ट्रोनिक्सले एसपेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट ८ नेपाली बजारमा बिक्री सुरु गर्नुको साथै उपहारै उपहारको पनि ब्वस्था पनि गरेको छ । 

by Anu Rana | Mar 07
img
नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । 

by RSS | Feb 14
img
विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ ।

by RSS | Feb 14
img
नेपाल केन्या विरुद्ध फिल्डिङ गर्दै

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ । नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । 

by RSS | Feb 12
img
यी महिला उम्मेदवार जसले प्रत्यक्षमा जिते

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् । नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित हुनुभएको छ ।

by RSS | Dec 11

LATEST NEWS