img
बसपार्क र सवारी साधन व्यवस्थापनमा चुनौती

सडक सञ्जालसँग जोडिँदै गएको नेपालगञ्जमा ट्राफिक नियमको पालन र व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । नेपालगञ्जदेखि नेपालका अधिकांश प्रमुख शहरमा सवारी साधन छुट्छन् । जिल्लाका सबै ठाउँलाई जोड्ने सडक पनि धमाधम बनिरहेका छन् तर नेपालगञ्जमा निर्माणाधीन ठूलो बसपार्क निर्माणमा भएको ढिलाइ र स–साना बसपार्क पनि भद्रगोलकै अवस्थामा भएकाले यात्रुले हैरानी भोग्नुपरिरहेको हो ।

by RSS | May 08
img
काठमाडौँका आठ स्थानमा ट्राफिक बत्ती

काठमाडौँको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो । काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ ।

by RSS | May 07
img
नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ ।

by RSS | May 07
img
सडक सुरक्षा सप्ताह शुरु

सडक दुर्घटना न्यूनीकरणका लागि चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि सडक सुरक्षा सप्ताह २०७६ शुरु गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उक्त सप्ताह शुभारम्भ गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयोे । जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढेको हो भन्दै उहाँले चापलाई व्यवस्थापन गर्न सक्नु पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

by RSS | May 06
img
कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ ।

by RSS | May 05
img
मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उहाँले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताउनुभएको हो ।

by RSS | May 03
img
हिंसा रोक्ने अभियानमा ट्राफिक प्रहरी

दिनहुँ हुने बाल यौन हिंसा र त्यसबाट कसरी जोगिने भन्ने विषयमा ट्राफिक ज्ञानको जानकारीका साथै सचेतनामूलक दुईदिने अभियान आज सम्पन्न भएको छ ।

by RSS | Apr 29
img
कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताउनुभयो ।

by RSS | Apr 29
img
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो ।

by RSS | Apr 28
img
‘जेब्राक्रस’ बनाउँदै ट्राफिक प्रहरी, अनभिज्ञ पैदलयात्रु

गाउँहरु शहरोन्मुख भइरहेका छन् । बजार क्षेत्र तीव्ररुपमा वृद्धि भइरहेका छन् । टोल गाउँ बनेका छन्, गाउँ शहर बनेका छन् तर यातायात, सडक, खानेपानीलगायतका भौतिक पूर्वाधार क्षेत्र सोअनुसार वृद्धि हुन सकेको छैन । मुलुक सङ्घीय संरचनामा आइसकेपछि स्थानीय तहमा केही परिवर्तनको अनुभूति भने पक्कै देखिन थालेको छ् ।

by RSS | Apr 24
img
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना बनाउनुपर्ने

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै उहाँले देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

by RSS | Apr 22
img
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जारी रहेको छ ।

by RSS | Jan 17
img
नुवाकोटका १६ ठाउँमा ट्राफिक जाँच

नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ । विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जाँचमा खटिएको छ । चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना

by RSS | Oct 14
img
सबै प्रदेशमा ट्राफिक कार्यालय

नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । 

by RSS | Sep 17
img
प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो ।

by RSS | Aug 28
img
‘महिनामा एकदिन ट्राफिक व्यवस्थापनलाई’

चालक होस् या बटुवा, बढी दुर्घटना दुबै पक्षको लापरबाहीका कारण हुने गरेको प्रहरीको तथ्यांकले देखाएकाले चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले समुदायसँग मिलेर ट्राफिक व्यवस्थापन शुरु गरेको छ । समुदायसँग मिलेर ‘महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई’ भन्ने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो । 

by RSS | Jan 03