img
सात ट्र्याक्टर नियन्त्रणमा

शुक्लाफाँटा नगरपालिका–११ सनवोरा नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरी बिक्री गर्ने कार्यमा संलग्न सात चालकलाई ट्र्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाका नगर उपप्रमुख तुलसीदेवी हमाल र वडाध्यक्ष दिलबहादुर बुढाको पहलमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले आज ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको हो । अवैध रुपमा बालुवा उत्खनन्ले बर्सेनी नदीमा आएको बाढीले स्थानीयवासीको जग्गा कटान गर्दै आएको छ ।

by RSS | May 10
img
कृषक समूहलाई हाते ट्र्याक्टर

तनहुँको रिसिङ गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ । कृषिलाई गरी व्यावसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले १० कृषक समूहलाई ट्र्याक्टर वितरण गरेको हो । खेतबारी जोत्न सहज हुने र श्रम लागत घटाउने उद्देश्यसहित रु ६५ हजार मूल्य बराबरको हाते ट्र्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

by RSS | May 02
img
बेलझुण्डी रङ्गशालामा ‘सिन्थेटिक ट्र्याक’ निर्माण शुरु

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने दाङ बेलझुण्डीमा निर्माण भइरहेको एथलेटिक्स खेलमैदानमा मङ्गलबारदेखि सिन्थेटिक ट्र्याक निर्माण थालिएको छ । चीनबाट आवश्यक सामग्री ल्याएर सिन्थेटिक ट्र्याक बनाउने काम शुरु गरिएको दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताउनुभयो । उहाँका अनुसार १८० मिटर लम्बाइ र १२० मिटर चौडाइमा सिन्थेटिक ट्र्याक निर्माण गरिने भएको हो ।

by RSS | Apr 03
img
टहरा नहट्दा ‘सर्भिस ट्र्याक’ निर्माण अवरुद्ध

सडक छेउमा रहेका टहरा हटाउन नसक्दा कलङ्की–कोटेश्वर सडकको विभिन्न स्थानमा ‘सर्भिस ट्र्याक’ बन्न सकेको छैन । सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्नका लागि बनाइएको ‘सर्भिस ट्र्याक’ बन्न नसक्दा चक्रपथ छिर्न कठीन भएको चालक बताउँछन् । महालक्ष्मीस्थान, धोबीघाट, बालकुमारी, ग्वार्काेलगायतका स्थानमा सडक मापदण्डभित्रै रहेका टहरा हट्न नसकेको चक्रपथ सुधार योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो ।

by RSS | Mar 05
img
विकट वडामा ट्र्याक खोलिँदै

तुलसीपुर उपमहानगरपालिकाले विकट वडामा बाटोको ट्र्याक खोल्नुका साथै साँघुरो बाटोलाई पनि फराकिलो पार्न थालेको छ।  यस आर्थिक वर्षमा उपमहानगरपालिकाले विकट वडा १, ३, ४ र १३ का विभिन्न गाउँमा बाटो पु¥याउन काम गरिरहेको र दुई वर्षभित्रमा उपमहानगरमा बाटो नपुगेको ठाउँ नहुने उपमहानगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । 

by RSS | Dec 14
img
दुई दर्जन ट्र्याक्टर प्रहरी नियन्त्रणमा

उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्र्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ । यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान

by RSS | Nov 12
img
एक्साभेटर र ट्र्याक्टर नियन्त्रणमा

तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मस्र्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । ग १ क २६४८ नंको एक्साभेटर र लु १ त १७०८ नंको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र ओसारपोसार

by RSS | May 31
img
हुप्सेकोट–बुङ्गदीकाली सडकको ट्र्याक खुल्यो

पूर्वी नवलपरासीको पहाडी क्षेत्रअन्तर्गत हुप्सेकोट झ्यालबास बसेनी रुचाङ्ग हुँदै डेढगाउँ बुङ्गदीकालीसम्मको सडकको ट्र्याक खोलिएको छ । 

by RSS | May 07
img
महिलाले पाए हाते ट्र्याक्टर

मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई सातवटा हाते ट्र्याक्टर वितरण गरिएकोे छ । महिला कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्र्याक्टर वितरण गरिएको हो । 

by RSS | Mar 12