img
ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउँदै

अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत छैन । रामग्राम नगरपालिकाको समेत केही भाग ओगट्ने सो ताल करीब १०० बिघा क्षेत्रफलमा फैलिएको छ ।

by RSS | Dec 09