img
माटोका नमूना परीक्षण

कञ्चनपुरको भीमदत्त नगरपालिकामा माटोको ६०० नमूना परीक्षण गरिएको छ । माटोका नमूना परीक्षण अभियानअन्तर्गत भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘घुम्ती माटो परीक्षण शिविर’ कार्यक्रममा १६ वटै वडाका विभिन्न स्थानका माटोको ६०० नमूना परीक्षण गरिएको हो ।

by RSS | May 21
img
प्रत्येक प्रदेशमा नमूना सरकारी वकिलको कार्यालय

महान्यायधिवक्ताको कार्यालयले प्रत्येक प्रदेशमा एउटा जिल्लाका दरले सात नमूना सरकारी वकिल कार्यालय स्थापना गरेको छ । आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी वकिल कार्यालयका काम कारवाही सेवा प्रवाहलाई प्रभावकारी बनाउन सातै प्रदेशमा सात नमूना वकिल कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।

by RSS | May 15
img
बाढी पीडितका लागि नमूना बस्ती शिलान्यास

सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो । सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गर्नुभयो ।

by RSS | May 13
img
रुपान्तरणका लागि नमूना विद्यालय– मन्त्री पोखरेल

विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो । आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याउनुभयो ।

by RSS | May 12
img
नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाइने

नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो ।

by RSS | May 09
img
सधैँका लागि शान्ति प्रक्रिया टु्ङ्गिएर विश्वमा नमूना बनोस् : अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गरी विश्वमै उदाहरणीय बनाउनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले शान्ति प्रक्रियाका केही कुरा पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै आफैँले शुरु गरेको शान्ति प्रक्रिया पूरा गर्न सहयोगी हातको खाँचो रहेको औँल्याउनुभयो ।

by RSS | May 09
img
प्रधानमन्त्रीबाट नमूना स्मार्ट विद्यालयको थालनी

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज शुभारम्भ गर्नुभएको छ । ‘डिजिटल नेपाल ः विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गर्नुभएको हो ।

by RSS | May 02
img
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना बनाउनुपर्ने

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै उहाँले देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

by RSS | Apr 22
img
न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटाँै अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ”, उहाँले भन्नुभयो ।

by RSS | Feb 17
img
गण्डकीमा कृषिका चार सय नमूना फार्म

किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । 

by RSS | Oct 29
img
एकीकृत नमूना बस्ती भवन शिलान्यास

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएकोे छ । स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराउनुभएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको भवन शिलान्यास गर्नुभएको हो । बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती देशकै नमूना बनाइने उहाँले बताउनुभयो । 

by RSS | Sep 21
img
क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने : मुख्यमन्त्री शाही

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताउनुभएको छ । अस्पतालको १२औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले अपस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिक उपचारकै लागि बाहिर जानुपर्ने झन्झटको अन्त्य गर्ने बताउनुभयो । 

by RSS | Feb 20
img
गोरखालाई विकासमा नमूना बनाउँछौँ : डा भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताउनुभएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ । 

by RSS | Feb 09
img
स्थानीय तह सञ्चालनका लागि ३० वटा नमूना कानून

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पुर्याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिनुभयो । उहाँले तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको हो भन्नुभयो । 

by RSS | Jan 23
img
मन्त्री साहद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

क्षेत्र नं ३ बाट वाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार प्रभुु साहले तराईका १० नमूना शहरमध्ये कटहरिया बजार पनि रहेको बताउनुुभएको छ । 

by RSS | Nov 08

LATEST NEWS