img
चार जिल्ला क्रिकेट सङ्घको निर्वाचन जेठमा

चार जिल्ला क्रिकेट सङ्घले आगामी जेठको तेस्रो साताभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीको निर्णय अनुसार चारै जिल्लाले साधारणसभा गर्ने भएका छन् । निर्वाचन गराउने जिल्लामा चितवन, महोत्तरी, सप्तरी र दाङ छन् ।

by RSS | May 14
img
प्रधानमन्त्री आश्चर्यचकित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्पष्ट गर्नुभएको छ । प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज वक्तव्य जारी गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उल्लेख गरिएझैँ प्रधानमन्त्रीले आफैँ अध्यक्ष रहेको आयोगलाई पत्र नपठाएको बताउनुभएको छ ।

by RSS | May 03
img
मे १८ मा अष्ट्रेलियामा आम निर्वाचन  हुँदै

अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा भएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे १८ का लागि आमनिर्वाचन घोषणा गर्नुभएको हो । मोरिसनले बिहीबार निर्वाचन मिति घोषणा गर्दै मे १८ मा अस्ट्रेलियनहरूले मतदान गर्ने बताएका छन् ।

by Anu Rana | Apr 11
img
माल्दिभ्समा शनिबार  संसदीय निर्वाचन  

माल्दिभ्स्मा शनिवार संसदीय निर्वाचन भएको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि पहिलो पटक निर्वाचन भएको हो । यस निर्वाचनमा पूर्वराष्ट्रपति मोहमद नशिद सबैभन्दा उच्च ओहदाका उम्मेदवार हुन् । गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भई यमिन पराजित भएपछि यमिनलाई निर्वासनमा हुनुहुन्थ्यो ।

by Anu Rana | Apr 07
img
स्ववियु निर्वाचनको माग राखी आन्दोलन

नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन माग राखी लगातार आन्दोलन गर्दै आएको छ । सङ्घले आज मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु)मा कालोझण्डा गाडेर तत्काल निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिएको हो । विश्वविद्यालयले यही चैत २५ गते निर्वाचनको मिति तोकेको थियो । नेविसङ्घका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले विश्वविद्यालय अन्तर्गतका

by RSS | Apr 01
img
थाइल्यान्डमा आम निर्वाचन प्रारम्भ  

थाइल्यान्डमा आमनिर्वाचन सम्पन्न भएको छ । सन् २०१४ मा थाई सेनाले सत्ताकब्जा गरेपछि पहिलोपटक आइतबार आमनिर्वाचन भएको हो । सेनाको र अपदस्थ गरिएका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकहरुबिचको द्वन्द्वको कारण थाइल्यान्डको राजनीति वर्षौंसम्म अस्थिर रहन पुगेको थियो ।

by Anu Rana | Mar 25
img
अरु निकाय जस्तो गरेर हेरिनु हुन्न !

प्रमुख निर्वाचन आयोगलाई संवैधानिक निकायको स्वायत्ततामा असर तुल्याउने ढङ्गबाट कानून नबनाउन सरकार र संसदीय समितिलाई सुझाव दिएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले संवैधानिक अङ्गको स्वायत्ततामा असर पुग्ने ढङ्गबाट कानून संशोधन नगर्न सरकार र समितिलाई सल्लाह दिनुभएको हो ।

by RSS | Feb 06
img
स्ववियु निर्वाचन निर्धारित मितिमै गराउन माग

राष्ट्रिय जनता पार्टी (राजपा) निकट राष्ट्रिय विद्यार्थी सङ्घले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै विद्यार्थी राजनीतिसँग जोडिएको स्ववियु निर्वाचन तोकिएकै मितिमा हुनपर्ने माग गर्नुभएको हो । स्ववियु निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै अध्यक्ष यादवले निर्धारित मितिमा निर्वाचन नभए आफ्नो सङ्गठन आन्दोलनमा जाने बताउनुभयो

by RSS | Feb 05
img
सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा सिंह निर्वाचित

सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा राकेश सिंह निर्वाचित हुनुभएको छ । केन्द्रको आज बिहान सम्पन्न मतगणनाअनुसार सिंहले ५३० मत ल्याई निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रनरसिंह अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी लीलाप्रसाद ढकालले ४०९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रथम उपाध्यक्षमा लक्ष्मण न्यौपाने, द्वितीय उपाध्यक्ष लवप्रसाद ढुङ्गाना,

by RSS | Dec 30
img
बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा १० हजार विपक्षी थुनामा  

बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् ।

by Anu Rana | Dec 27
img
सभापति निर्वाचन स्थगित

सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा सभामुखको निर्देशनमा अर्काे सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धी निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको उल्लेख छ । निर्वाचनको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलि भदौ १६ गते शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने, भदौ १७ गते बिहान

by RSS | Aug 31
img
समितिका सभापतिको निर्वाचन १२ दिनपछि

प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिनुभयो । बैठकमा उहाले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराउनुभयो । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् ।

by RSS | Aug 17
img
कांग्रेस महासमिति बैठक १५ जेठभित्र बस्ने

प्रमुख प्रतिपक्षी कांग्रेस महासमिति बैठक १५ जेठभित्र बस्ने भएको छ । तीनै तह निर्वाचनमा पार्टी पराजयपछि नेतृत्व परिवर्तनको बहस चलिरहे पनि स्थगित केन्द्रीय समितिबाट १५ जेठभित्र महासमिति बैठक गर्ने गरी मिति तय गरिदै छ । 

by R. sharma | Apr 13
img
चुनावी समिक्षा र भावि रणनीतिको छलफलमा कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचन समिक्षा र पार्टीको भावि कार्यदिशाको सम्वन्धमा छलफल चल्दै आएको छ । विगत केहि दिन देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको केन्द्रीय समिति बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले निर्वाचनमा पार्टीको हारका कारणमा नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा रहेका छन।

by R. sharma | Mar 26
img
कांग्रेसमा पुन: बल्झियो बरीयताको विवाद

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा  वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु भएको छ। शुक्रबारदेखि सुरु केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो नम्बरमा राख्ने प्रस्ताव राखिएपछि विवाद सुरु भएको हो।

by R. sharma | Mar 25
img
 चुनावको प्रतिवेदन राखेर छलफल गर्ने रणनीतिमा देउवा 

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठको पहिलो एजेण्डा चुनावी समीक्षामा गर्दै छ । बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेरबहादुर देउवाको तयारी छ । कांग्रेसभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै छन् भने संस्थापन पक्ष कुन नेताले निर्वाचन क्षेत्रमा गएर कति भोट बढाए भन्ने हिसाब माग्ने योजनामा छ

by R. sharma | Mar 23
img
बालकृष्ण खाण नेपाली काँग्रेसको मुख्य सचेतक

नेपाली काँग्रेसले बालकृष्ण खाणलाई संसदीय दलको मुख्य सचेतक ताेकेकाे छ ।पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ । 

by R. sharma | Mar 20
img
राष्ट्रपतिमा बामगठवन्धकी विद्यादेवी भण्डारी निर्वाचित, सपथग्रहण कार्यक्रम तय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी  विजयी हुनुभएको छ । उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको थियो । उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

by R. sharma | Mar 13
img
राष्ट्रपति निर्वाचन : १८ मतदाता अनुपस्थित

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित हुनुभएको हो । 

by RSS | Mar 13
img
राष्ट्रपति निर्वाचनमा मतदान शुरु

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान शुरु भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभयो । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

by RSS | Mar 13

LATEST NEWS