img
मिश्रलाई ‘वीरेन्द्र साह स्मृति’ पत्रकारिता पुरस्कार

नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष राजेश मिश्रलाई ‘वीरेन्द्र साह स्मृति’ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज यहाँ आयोजित कार्यक्रममा कान्तिपुर दैनिकका वरिष्ठ सहायक उपसम्पादकसमेत रहनुभएका मिश्रलाई नगद रु २५ हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभएको हो । मन्त्री पण्डितले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताउनुभयो ।

by RSS | May 03
img
सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त

सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ ।

by RSS | May 03
img
प्रवासबाट राहत सहयोग

घाँटीको क्यान्सरबाट पीडित कुश्मा नगरपालिका–३ का हरि गिरीको परिवारलाई पर्वत समाज कतारले राहत रकम प्रदान गरेको छ । समाजका सहकोषाध्यक्ष सोमबहादुर केसी, वडाध्यक्ष तेजप्रसाद पाध्यलगायतले बिहीबार संयुक्तरूपमा गिरीकी श्रीमती जुनालाई रु ९३ हजार ४०० प्रदान गर्नुभएको हो । चार महीनाअघि कतार पुग्नुभएका गिरीलाई दुई महीनापछि क्यान्सर देखिएको थियो ।

by RSS | May 03
img
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग

नेपाल पत्रकार महासङ्घले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै सञ्चारसम्बन्धी कानून र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गरेको छ । महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाबाट पारित प्रस्तावका बारेमा जानकारी गराउँदै प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून,

by RSS | Feb 26
img
न्यूनतम पारिश्रमिकबारे पत्रकार महासङ्घले अनुगमन गर्ने

नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनअनुसार हालै गरिएको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू गरे नगरेको सम्बन्धमा सञ्चार प्रतिषठनमा अनुगमन गर्ने भएको छ ।

by Anu Rana | Feb 10
img
दुव्र्यवहारको भत्सर्ना

नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकारमाथि दुव्र्यहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले समाचार सङ्कलनका क्रममा प्रदेश टुडे दैनिकका प्रियास्मृति गजमेर, रेडियो देउखुरीका शिवराज खनाल र गणतन्त्र दैनिकका शिवु खनालमाथि इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डे नेतृत्वको प्रहरी टोलीले दुव्र्यवहार गर्दै उहाँहरुले खिचेको फोटोसमेत मेटाइदिएको जनाएको छ ।

by RSS | Dec 27
img
पत्रकार सिग्देललाई पुरस्कार

नेपाल पत्रकार महासङ्घ नवलपरासीले स्थापना गरेको स्व देवीप्रसाद सुवेदी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देललाई प्रदान गरिने भएको छ । सो पुरस्कार आगामी पुस १४ गते हुने महासङ्घको साधारणसभाको अवसरमा वितरण गरिने महासङ्घ शाखाका अध्यक्ष होमराज रानाभाटले जानकारी दिनुभयो ।

by RSS | Dec 27
img
विधान समस्यौदा समिति गठन

नेपाल पत्रकार महासङ्घले उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन गरेको छ । हालै धनकुटामा सम्पन्न प्रदेश अध्यक्षरमहासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान दिएको निर्देशनसहितको मार्गनिर्देशनलाई पूरा गर्न सो समिति गठन गरिएको हो । महासङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा सम्मेलनले आगामी फागुन ९ र १० गते कास्कीको पोखरामा केन्द्रीय साधारणसभा तथा विधान

by RSS | Dec 24

LATEST NEWS