img
विकासका पूर्वाधारहरु बन्दा जनता उत्साहित

म्याग्दीका दुर्गम ग्रामीण भेगमा धमाधम विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि ग्रामीण क्षेत्रको मुहार फेरिँदै गएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तहमा समेटिएको म्याग्दीका दुर्गम गाउँमा विकास निर्माणले तीव्र गति पाएसँगै जनतामा पनि उत्साह छाएको छ ।

by RSS | May 17
img
काठमाडौँ महानगरकै ठूला वडामा कमजोर पूर्वाधार

देशको राजधानी, सांस्कृतिक शहर र पुरानो नगरपालिकामध्येको एक काठमाडौँकै ठूला वडामा पूर्वाधारको सन्तुलित विकास हुन नसकेको वडावासीको दुःखेसो छ । काठमाडौँ महानगरपालिकाले भित्री सीमित शहरी क्षेत्रमा मात्र ध्यान दिँदा अन्य नगरपालिकासँग जोडिएका ठूला वडा सडक पूर्वाधारमा कमजोर बनेको हो ।

by RSS | May 12
img
विधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार

धु्रवसागर शर्मा करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो । सञ्चार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनका लागि पनि एकाबिहानै उठेर एक–डेढ घण्टाको दूरीमा गएर घण्टौँ लाइनमा बस्नु पर्दथ्यो ।

by RSS | May 02
img
नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य

नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी सम्मेलन समापनका क्रममा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासङ्घका तर्फबाट अध्यक्ष रवि सिंह र एशोसिएशनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गर्नुभयो ।

by RSS | Mar 31
img
पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको आज विहान स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको बताउनुभयो । 

by RSS | Feb 14
img
खेलकूदका भौतिक पूर्वाधार निर्माणको काममा तीव्रता

नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना बनाइएको छ भने फ्लोरिङ गर्ने काम शुरु गरिएको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका

by RSS | Jul 31
img
नगरसभा नीति तथा कार्यक्रमः पूर्वाधार विकासमा बढी जोड

कञ्चनपुरका स्थानीय तहले नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । आइतबार यहाँको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, महाकाली नगरपालिका, पुर्नबास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रायः सबै स्थानीय तहले सडक सञ्चाल विस्तार, विभिन्न भौतिक पुर्वाधार निर्माण तथा पर्यटन,

by RSS | Jun 25
img
सरकारले यस वर्ष कम सार्वजनिक पूर्वाधारको निर्माण  

सरकारले गत वर्ष तुलनामा कम सार्वजनिक अवधारणा निर्माण गर्यो, तथापि सार्वजनिक कार्यालयको पुनर्निर्माण र २०१५ को भूकम्पद्वारा क्षतिपूर्तिको उपयोगमा भने केहि सुधार भएको छ, उक्त सर्वेक्षण आइतवार अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेका थिए।

by Anu Rana | May 29
img
महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण शुरु गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा कृत्रिम पोखरी निर्माणको काम शुरु भएको छ । 

by RSS | Apr 30
img
रामघाटलाई दशवर्षे गुरुयोजनासहित विकास गरिँदै

यहाँको प्रख्यात मानिँदै आएको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रामघाटको विकासमा दशवर्षे गुरुयोजनासहित भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । कालीगण्डकीको किनारमा अवस्थित रामपुर नगरपालिका–५मा रहेको यस रामघाट क्षेत्रको पौराणिक मान्यता जोगाई राख्न अहिले रामघाट संरक्षण समितिले दशवर्षे गुरुयोजना बनाएर धार्मिक तीर्थस्थल निर्माण कार्य शुरु गरिरहेको हो । 

by RSS | Feb 25
img
सात करोड लगानीमा गलेश्वरमा पूर्वाधार

करिब रु सात करोड लगानीमा बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा पूर्वाधार निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि विभिन्न सरकारी निकाय, गैरआवासीय नेपाली संघ, व्यक्ति र संघसंस्थाले सहयोग गरेका थिए । गलेश्वर क्षेत्रको विकासका लागि दश वर्षे गुरुयोजना तयार गरिएको छ ।

by RSS | Dec 28
img
पदमार्ग निर्माण

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । छ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा निरन्तररुपमा पूर्वाधार निर्माणको काम भइरहेको छ । 

by RSS | Dec 25

LATEST NEWS