img
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बजेट र चिकित्सकको माग

राष्ट्रियसभाका सांसदले आवश्यक बजेट र चिकित्सकको व्यवस्था गरी राप्ती अस्पताल सञ्चालनमा ल्याउन माग गर्नुभयो । राष्ट्रियसभाको आजको बैठकको शूल्य समयमा सांसद अनिता देवकोटाले रुकुम, रोल्पा, सल्यान, दाङलगायत जिल्लाका जनताको उपचार हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आवश्यक बजेट माग गर्नुभयो ।

by RSS | May 08
img
‘इच्छुक स्मृति पुरस्कार’ घोषणा

इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवनका ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको नाममा स्थापित यो पुरस्कारको राशि रू एक लाख रहेको छ । ओझाका महाकाव्य, खण्डकाव्य, नाटक र कथा सङ्ग्रह पुस्तकाकारमा र फुटकर कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

by RSS | May 07
img
‘राष्ट्रिय जागरण’लाई सफल बनाउन विविध कार्यक्रम

नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने भएको छ । पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सङ्घीय संसद्मा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

by RSS | May 05
img
उद्योगबाट रु चार करोडभन्दा बढी जरिवाना असुल

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ ।

by RSS | Apr 30
img
विश्वसामु नेपालको प्रतिष्ठा उच्च

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयदेखिको गोर्खाली सैनिकको वीरता र इमान्दारिताको कारण विश्वसामु नेपालको प्रतिष्ठा उच्च भएको बताउनुभएकोे छ । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासङ्घ नेपालको पाँचौ वीर गोरखा दिवसमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

by RSS | Apr 25
img
स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको र नेपाली सेनाको आयोजनामा बुधबारदेखि राजविराजमा साताव्यापी बृहत् स्वास्थ्य शिविर आरम्भ भएको छ । गजेनद्रनारायण सिंह सगरमाथा अस्पतालमा एक समारोहकाबीच उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो शिविरको उद्घाटन गर्नुभयो । उपप्रधानमन्त्री यादवले धरान र काठमाडौँ झैँ सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय

by RSS | Feb 14
img
स्थानीय तहसँग सहकार्य गर्दै नास्ट

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो । यहाँबाट विकास भएको प्रविधि जनप्रतिनिधिले आफ्नो तहमा अपनाउने र स्थानीयवासीलाई हस्तान्तरण गर्ने भएकाले स्थानीय तहसँग सहकार्य बढाइएको प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो ।

by RSS | Dec 30
img
प्रशिक्षण प्रतिष्ठान स्थापनामा सघाउन नेपालको आग्रह

नेपालले सीप विकासका निम्ति अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान स्थापनाको अपरिहार्यता औँल्याउँदै त्यसमा कतार सरकारलाई सघाउन आग्रह गरेको छ । स्वास्थ्यका निम्ति नवप्रवर्तन विषयक विश्व सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबारदेखि कतार भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले त्यहाँको प्रशासनिक विकास,

by RSS | Nov 14
img
उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार बसेको सर्वपक्षीय बैठकले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गर्ने सहमति गरेको हो ।

by RSS | Sep 24
img
आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजा   

प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक गरेकाछ।   केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ ।

by Anu Rana | Sep 14
img
फुटबल प्रतिष्ठान बन्ने

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि रु पाँच लाख उपलब्ध गराएको सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।

by RSS | Sep 04
img
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

by RSS | Aug 12
img
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा यहाँ आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको आज उद्घाटन गर्दै उहाँले धार्मिक क्षेत्रलाई प्रदेशको समृद्धिमा उपयोग गरिने बताउनुभयो ।

by RSS | Aug 01
img
तीनवटा प्रज्ञा प्रतिष्ठान गाभ्नेबारे बहस

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रज्ञा प्रतिष्ठान बनाउने निर्णय गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकारको राय बुझ्ने उद्देश्यले वर्तमान परिप्रेक्षमा प्रज्ञा प्रतिष्ठानको पुनःसंरचना विषयमा विहीबार एक विचार गोष्ठीको आयोजना ग–यो । कार्यक्रममा केही बुद्धिजीवीले प्रज्ञा प्रतिष्ठानलाई एउटै संस्थामा गाभ्नुपर्ने तथा केही व्यक्तिले ती प्रतिष्ठानको अस्तित्व छुट्टाछुट्टै हुनुपर्ने धारणा

by RSS | Jun 21
img
बेपत्ताको स्मृतिमा प्रतिष्ठान गठन

द्वन्द्वका समयमा बेपत्ता भएका झापा, दमकका दुईजना युवाको सम्झनामा संस्था स्थापना गरिएको छ । बेपत्ता परिवारसहित सरोकारवालाको यहाँ सम्पन्न भेलाले पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान संस्था स्थापना गरेका हुन् । प्रतिष्ठान संस्था दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालय झापामा दर्तासमेत भइसकेको छ । दमक–१ निवासी पुष्प बस्नेत र धीरेन्द्र बस्नेतलाई द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएको थियो ।

by RSS | May 24
img
गरपालिकाद्वारा प्राधिकरणको निर्माणाधीन भवनमा सिलबन्दी

मध्यपुर थिमि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालीम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ । स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को तालीम भवन निर्माण गर्दा नगरपालिकासंग भवन निर्माण स्वीकृति नलिई, नगरपालिकालाई कुनै जानकारीसमेत नगराई भवन निर्माण गरेको भन्दै नगरपालिकाले बुधबार अपराह्न सिलबन्दी गरेको हो । 

by RSS | Feb 15
img
अँध्यारोबाट उज्यालो संसारमा प्रवेश गर्ने भन्नुहुन्छ : उज्यालोको ज्योति बाढौँ

कैलाश ठाकुरको जीवनमा उज्यालो त्यो बेला आयो जब उहाँका दुवै आँखा प्रत्यारोपण गरियो । आँखा प्रत्यारोपणपछि दुवै आँखाले देख्ने भएपछि जीवन फेरिएको उहाँको अनुभव छ । प्रत्यारोपणपूर्व दुवै आँखामा दृष्टि नभएकाले हरेक दिन कष्टकर भएकोे उहाँले बताउनुभयो । 

by RSS | Jan 01
img
तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरेपी’ सेवा शुरु हुने भएको छ । आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि अस्पतालले सो सेवा शुरु गर्न लागेको हो । 

by RSS | Nov 10