img
एउटै गाउँबाट प्रतिनिधित्व गर्ने नेतालाई सम्मान

एउटै गाउँका तीन पार्टीबाट स्थानीय, प्रदेश र राष्ट्रियसभामा प्रतिनिधित्व भएको भन्दै तीनै जनालाइ गाउँलेले एउटै मञ्चमा सम्मान गरेका छन् । मालारानी गाउँपालिका–५, बाँगीबाट राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर खडका, प्रदेशसभामा नेपाली काँग्रेसबाट निर्मला क्षेत्री र मालारानी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)बाट प्रमिला क्षेत्री निर्वाचित भएको खुशियालीमा स्थानीयले सोमबार खुशीका साथ सम्मान गरेका हुन् । 

by RSS | Feb 13