img
प्रदेशसभा बैठक पुनः सञ्चालन

प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकबाट प्रदेश प्रशासन व्यवस्था गर्ने सम्बन्धमा बनेको विधेयक २०७५ सर्वसम्मतिले स्वीकृत भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले पेश गर्नुभएको सो विधेयक पूर्वसहमतिअनुसार सर्वसम्मतिले स्वीकृत भएको हो ।

by RSS | May 14
img
संसद् बैठक आधा घण्टा स्थगित

प्रतिनिधिसभाको जारी बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७६÷७७ को नीति तथा कार्यक्रममाथि सांसदले बोल्ने क्रम सकिएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । केही बेरपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

by RSS | May 07
img
देशसभाको बैठक स्थगित

प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ । प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गर्नुभएको सूचनाअनुसार सो बैठक वैशाख २२ गते दिउँसो १ बजे बस्ने भएको छ ।

by RSS | May 02
img
काङ्ग्रेस महासमिति बैठक : पाँच दस्तावेजमा छलफल हुने

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

by RSS | Dec 14
img
नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा बिहिबार सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उनका चिनियाँ समकक्षी कोङ हुनयूले गरेका थिए ।

by Anu Rana | Dec 14
img
काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

by RSS | Oct 07
img
आईजीसी बैठक सम्पन्न, व्यापार पारवहन सन्धि पुनरावलोकन  

नेपालले भारतसँगको व्यापार सन्धि संशोधन गर्न जोड दिएको छ । शनिवार सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी बैठकमा नेपालले यस्तो प्रस्ताव उठाएको हो । वाणिज्य मन्त्रालयका प्रवक्ता रविशङ्कर सैंजूले ३ महीनाभित्र व्यापार सन्धि संशोधनका लागि छलफल गर्ने तयारी भएको बताए ।

by Anu Rana | May 03
img
प्रदेश २ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठक बस्दै

पत्रकारिता पेशा गर्दै प्रदेश सभा सदस्य बन्न सफल रामाशीष यादवलाई आइतबार बस्ने प्रदेश सभाको ऐतिहासिक पहिलो बैठकको व्यग्र प्रतीक्षा छ । यादवले भन्नुभयो, “संघीयता कार्यान्वयनको औपचारिक शुरुआत पनि पहिलो बैठकबाटै हुन्छ । संघर्षले प्राप्त प्रदेश भएकाले शहीदको योगदान र उनीहरूले कल्पना गरेको विकासको चाहनामा संसद् बैठक केन्द्रित हुने अपेक्षा गरेको छु ।” 

by RSS | Feb 04
img
प्रदेश नं ५ को पहिलो बैठक आजदेखि

राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशको पहिलो प्रदेश सदस्य बैठक आजदेखि यहाँ शुरु हँुदैछ । प्रदेश प्रमुख उमाकान्त झाले आज अपराह्न १ बजेका लागि बैठकको आह्वान गर्नुभएको छ । बैठकका लागि प्रदेश सभाका सचिवालय स्थापना गरिएको उद्योग वाणिज्य संघको सभाहल चिटिक्क सजाइएको छ । 

by RSS | Feb 04
img
प्रदेशसभामध्येकै पहिलो बैठक हेटौँडामा सम्पन्न : ‘स्थायित्व र सुशासन’मा जोड

प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् । 

by RSS | Feb 01
img
प्रदेशसभाको बैठक शुरु

प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ ।

by RSS | Feb 01
img
प्रदेशसभाको बैठकको तयारी तीव्र

सात नम्बर प्रदेशसभाको बैठक बस्ने स्थल तोकिएको जिल्ला समन्वय समितिको कार्यालय धनगढीको सभा कक्षको पुनःनिर्माण एवं मर्मत कार्य तीव्ररुपमा अघि बढाइएको छ । यही माघ २१ गते दिउँसो १ः० बजे ७ नम्बर प्रदेशसभाको ऐतिहासिक पहिलो बैठक प्रदेश प्रमुख मोहनराज मल्लले यसअघि नै आह्वान गरिसक्नुभएको छ । 

by RSS | Jan 31
img
एमाले स्थायी कमिटी बैठक बस्दै,मुख्यमन्त्री र सभामुखका उम्मेदवार चयन गरिने 

नेकपा एमालेले प्रदेश सभाका मुख्य मन्त्री, सभामुख र उपसभामुखको उम्मेदवार चयनबारे पार्टीभित्र छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रसँग भागवण्डा मिलेसँगै एमालेले आफ्नो भागमा परेका पदमा उम्मेदवार टुंगो लगाउन छलफल थालेको हो।

by R. sharma | Jan 30
img
एमाले : चार वटा प्रदेशका उम्मेदवार तय हुँदै

सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उहाँकै अध्यक्षतामा आज बसेको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ । बैठकले प्रदेश नं १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

by RSS | Jan 23
img
काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा

प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरु उपस्थित हुनुहुन्छ । 

by RSS | Jan 18
img
काँग्रेस केन्द्रीय समितिको बैठक माघ ४ गते

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक यही माघ ४ गते बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

by RSS | Jan 16
img
राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ । बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ । 

by RSS | Jan 03
img
प्रतिनिधिसभामा आकासे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी

व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ । सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ । 

by RSS | Jan 03
img
दुई ठूला जलविद्दुत आयोजनाको म्याद थप

लगानी बोर्डको हिजो बसेको बैठकले दुई ठूला जलविद्दुत आयोजनाको म्याद थप गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको म्याद १ वर्ष र अरुण तेश्रो जलविद्युत आयोजनाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।

by R. sharma | Nov 14