img
पार्टी एकता र मदन आश्रित स्मृति दिवस मनाउन बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताको एक वर्ष पुगेका अवसरमा र मदन आश्रित स्मृति दिवस मनाउन आज पार्टी मुख्यालय धूम्रबाराहीमा तयारी बैठक सम्पन्न भएको छ । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको तयारी बैठकले तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा बिहान ८ः३० बजे विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

by RSS | May 15
img
प्रदेशसभा बैठक पुनः सञ्चालन

प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकबाट प्रदेश प्रशासन व्यवस्था गर्ने सम्बन्धमा बनेको विधेयक २०७५ सर्वसम्मतिले स्वीकृत भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले पेश गर्नुभएको सो विधेयक पूर्वसहमतिअनुसार सर्वसम्मतिले स्वीकृत भएको हो ।

by RSS | May 14
img
प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने

प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज रासससँगको कुराकानीमा बताउनुभएको हो ।

by RSS | May 13
img
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले गरेका निर्णय परिपक्व बनाउन खोजिएकाले सार्वजनिक गर्न ढिलाइ भएको मन्त्री केसीले बताउनुभयो ।

by RSS | May 13
img
राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

by RSS | May 07
img
संसद् बैठक आधा घण्टा स्थगित

प्रतिनिधिसभाको जारी बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७६÷७७ को नीति तथा कार्यक्रममाथि सांसदले बोल्ने क्रम सकिएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । केही बेरपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

by RSS | May 07
img
देशसभाको बैठक स्थगित

प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ । प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गर्नुभएको सूचनाअनुसार सो बैठक वैशाख २२ गते दिउँसो १ बजे बस्ने भएको छ ।

by RSS | May 02
img
भूउपयोग र खेलकूद विधेयक विधायन समितिमा

राष्ट्रियसभा बैठकले दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक, २०७५ र राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई सर्वसम्मतिका साथ पारित गर्दै समितिमा पठाएको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक,

by RSS | Mar 19
img
शून्य समयमा उठाइएका जनचासोका कुरा

प्रतिनिधिसभामा सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमति, महिला आयोगमा पदाधिकारी नियुक्ति, जनकपुर–जयनगर रेल, नारायणी नदीमा पुल निर्माणलगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद अञ्जना विशङ्खेले लामो समयदेखि राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन अवस्थामा रहनु सुहाउँदो कुरा नभएको बताउनुभयो । 

by RSS | Mar 10
img
हेलिकप्टर दुर्घटना प्रकरणः जिल्ला सुरक्षा समिति बैठक जारी

दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्पm पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभएको छ । उहाँका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।

by RSS | Feb 28
img
बहिष्कारको चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन

नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन । बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो ।

by RSS | Feb 26
img
दुई प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा दुई प्रतिवेदन पेश भएको छ । विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ सम्बन्धी समितिका प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

by RSS | Feb 26
img
शून्य समय

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गर्नुभयो ।

by RSS | Feb 26
img
भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुईपटक बैठक भइसकेको पुष्टि भएको छ । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुईवटा बैठक भइसकेको उनले शनिबार जानकारी दिएका हुन् । ‘हामीले दुईवटा बैठक सम्पन्न गरिसकेको साँचो हो, तर त्यसबारे मैले सबै विवरण दिन सक्दिनँ, मैले गोपनीयताको ख्याल गर्नुपर्दछ,’ उनले भने ।

by Anu Rana | Feb 20
img
प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिनुभएको हो । यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि उहाँ र कम्युनिष्ट पार्टी(नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत

by RSS | Feb 17
img
महासमिति बैठकले नेविसङ्को १२औँ महाधिवेशन प्रभावित

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ । नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशन गर्ने गरी गाउँ, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन तोकेपनि महासमितिको बैठकका कारण अहिलेसम्म कुनै तहको निर्वाचन हुनसकेको छैन । 

by RSS | Dec 23
img
काङ्ग्रेस महासमिति बैठकमा चार प्रतिवेदनमाथि छलफल जारी

नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भने भोलिमात्रै पेश हुनेछ ।

by RSS | Dec 19
img
काङ्ग्रेस महासमिति बैठक : पाँच दस्तावेजमा छलफल हुने

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

by RSS | Dec 14
img
नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा बिहिबार सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उनका चिनियाँ समकक्षी कोङ हुनयूले गरेका थिए ।

by Anu Rana | Dec 14
img
संवैधानिक परिषद्को बैठक मङ्सिर २२ मा

संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वाेच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी

by RSS | Dec 03

LATEST NEWS