img
भक्तपुरमा भेडा–च्याङ्ग्रा महँगो

भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ । यस वर्ष सल्लाघारीमा ल्याई पु-याइएको च्याङ्ग्रा प्रतिकिलो रु ७५० र भेडाको रु ६७५ मूल्य निर्धारण गर्दै व्यवसायीले बिक्री शुरु गरेका हुन् ।

by RSS | Oct 11