img
समितिलाई विभाग बनाइने : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताउनुभएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आज जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भूकम्पले क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण भइरहेको बताउनुभयो ।

by RSS | Dec 09