img
ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा ३२ को मृत्यु

ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।

by Anu Rana | May 21
img
बाटो खन्ने क्रममा लडेर मजदुरको मृत्यु

कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ । बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

by RSS | May 21
img
कञ्चनजङ्घा आरोहण गर्ने क्रममा दुईको मृत्यु

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताउनुभयो । उहाँका अनुसार अर्का एक जना सम्पर्कविहीन छन् । आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेका थिए ।

by RSS | May 17
img
स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ । बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

by RSS | May 17
img
कैदीको उपचारका क्रममा मृत्यु

भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो । थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन् ।

by RSS | May 17
img
असुरक्षित गर्भपतनः मृत्युको मुखमा बालिका

नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन् ।

by RSS | May 15
img
चट्याङ लागेर मृत्यु

बागलुङको गल्कोट नगरपालिका–११ रिघा, तुतुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी सोही ठाउँकी ३८ वर्षीया पूर्णा श्रीसको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष डम्बर श्रीसले बताउनुभयो । शव परीक्षणका लागि इलाका प्रहरी कार्यालय हरिचौरले लगेको छ । सोही स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए ।

by RSS | May 15
img
चट्याङ लागेर मृत्यु

हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका–४ मा आज एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर ५० वर्षीया सञ्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो । चट्याङका कारण सिंहका परिवारका सदस्य ५० वर्षीय बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन् ।

by RSS | May 15
img
आगलागीमा परेर तीनको मृत्यु

गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा तीनको मृत्यु भएको छ ।

by RSS | May 15
img
गोरुले हानेर मृत्यु

आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो ।

by RSS | May 15
img
एक चिनियाँको मृत्यु

नुवाकोटको लिखु गाउँपालिका–३ स्थित चौघडामा आज बिहान थ्रि ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । बिहान दश बजेको समयमा हाइड्रोपावरको मर्मत लगायतको काम भइरहेको थियो ।

by RSS | May 14
img
कान्छी आमाको दाहसंस्कार गर्दैगर्दा बगेर मृत्यु

दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ । कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको आज नदीमा बगेर मृत्यु भएको हो ।

by RSS | May 14
img
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो ।

by RSS | May 14
img
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो । ट्राफिक प्रहरी कार्यालय परासीका अनुसार आज बिहान ७ः४५ बजेको समयमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको लु१ख ७७११ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको हो ।

by RSS | May 13
img
बसको ठक्करबाट वृद्धको मृत्यु

सिरहा धनगढीमाई नगरपालिका– २ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ । ना ३ ख ६९७८ नं को बसले ठक्कर दिँदा सिरहा बरियारपट्टि गाउँपालिका– ४ सोहपुरका ८० वर्षीय देवीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेकोे पनि प्रहरीले जनाएको छ ।

by RSS | May 13
img
काली नदीमा डुबेर मृत्यु

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर १ वाकामलाङ्को लितिपिरिङस्थित काली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्ने क्रममा साथीसँगै नदीमा गएका २१ वर्षीय डोसबहादुर तामाङको ज्यान गएको प्रहरीले बताएको छ । नुवाकोट, दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ सानो ओढारेका तामाङ अहिलेसम्म नभेटिएको इलाका प्रहरी कार्यालय रामपुरका भूपालसिं रानाले जानकारी दिनुभयो ।

by RSS | May 13
img
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ । गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

by RSS | May 13
img
ठक्करबाट स्कुटी चालकको मृत्यु

धनगढी–अत्तरिया सडकको राजपुरखण्डमा ट्रकको ठक्करबाट आज से६प ३२१७ नंको स्कुटी चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीबाट अत्तरियातर्फ जाँदै गरको भारत लखिमपुरका रविशङ्करले चलाएको ट्रकको ठक्करबाट स्कुटी चालक धनगढी उपमहानगरपालिका—३ का २४ वर्षीय टेकु बलायरको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

by RSS | May 12
img
दुर्घटनामा एकको मृत्यु

सप्तरीको सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा आज एक जनाको मृत्यु भएको छ । कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा रोकिराखेको स.१त. ५००२ नंको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा उदयपुर त्रियुगा नगरपालिका–३ बस्ने ३२ वर्षीयको प्रवीण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

by RSS | May 12
img
चट्याङमा मृत्यु

नुवाकोटको म्यागङ्ग गाउँपालिका¬¬ ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।

by RSS | May 12

LATEST NEWS