img
मिजोरमबाट २३ नेपाली चेलीको उद्धार

वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट आज उद्धार गरिएको छ । भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रजिअ जनकराज दाहालले बताउनुभयो । म्यानमासँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट ती महिलालाई उद्धार गरिएको थियो ।

by RSS | May 09
img
कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता

राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच सरलरुपमा कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता भएको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गरी कृषि, पर्यटन, वन, जडीबुटी, खनिज, जलस्रोत, विज्ञान तथा प्रविधि क्षेत्रमा उद्यम गर्न चाहनेलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न ती त्रिपक्षीय सम्झौता भएको हो ।

by RSS | May 08
img
तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै रामपुरका युवा

वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् ।

by RSS | May 02
img
वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी

वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगीअन्तर्गत दर्ता भएका छन् । त्यसैगरी टर्कीमा भएको ठगी दोस्रो नम्बरमा छ ।

by RSS | Mar 29
img
पुलले दियो रोजगारी

बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ । वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको छ । कालीगण्डकीका विभिन्न घाटमा पक्की पुल धमाधम निर्माण शुरु भएपछि सयौँ युवाले रोजगारीको अवसर पाएका छन् ।

by RSS | Feb 21
img
विकास बजेटको २० प्रतिशत रोजगारी सिर्जनामा खर्च

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विकास बजेटको २० प्रतिशत रकम युवा रोजगारका लागि खर्च गरिने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको विषयमा मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले विकास बजेटको कम्तिमा २० प्रतिशत रकम रोजगार कार्यक्रममा परिचालन

by Anu Rana | Oct 02
img
मलेसियाको रोजगारीमा देखिएका समस्याको समाधान खोज्दै सरकार  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध संस्था  (भिएलएन, आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि विगत तीन महिनादेखि मलेसियाको रोजगारी ठप्प छ।  

by Anu Rana | Sep 04
img
नेपालका रोजगारीको दर दक्षिण एसियामा उच्च

दक्षिणपश्चिममा रोजगारीको संख्या ६८ प्रतिशतले बढेको छ - नेपलले विश्व एशियाको नौकरी निर्माणमा शीर्ष स्थान सुरक्षित गरेका छन्, विश्व बैंकको सबैभन्दा नयाँ रिपोर्टमा उल्लेख छ। यसका अर्थहरू ३२ प्रतिशत देशका श्रमिक जनसंख्या हुन् - १५ बर्षदेखि ६४ बर्षसम्म बेरोजगार व्यक्तिहरू वा स्वैच्छिक निष्क्रिय-दक्षिण एशियामा सबैभन्दा कम।

by Anu Rana | Apr 20
img
वैदेशिक रोजगारीमा जाने संख्या बढे

वैदेशिक रोजगारीको गन्तव्य मलेसिया, कतार लगायतका खाडीमुलुक मात्रै हुन भन्ने मनस्थिति बनिरहेको बेला पछिल्लो अवस्थामा युरोप र अन्य एसियाली देश पनि क्रमशः आकर्षणको केन्द्र बन्दै गएको छ।

by Anu Rana | Dec 31
img
कमी कमजोरीका बाबजुद सहकारी लाखौँका लागि रोजगारीको स्रोत

नेपालमा सहकारीको अवधारणाको विकास भएयता केही कमी कमजोरीका बाबजुद सहकारी व्यवसाय लाखौँ मानिसका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ । प्रथम पञ्चवर्षीय योजना २०१३–२०१८ मा चार हजार सहकारी दर्ता गर्ने लक्ष्य राखी शुरु भएको यो कार्यक्रमबाट हालसम्म करिब ६० हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् ।

by RSS | Dec 14
img
जलविद्युत् आयोजनामा दैनिक १५० जना रोजगार

हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् । 

by RSS | Dec 08

LATEST NEWS