img
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको बताउनुभयो ।

by RSS | May 16
img
चिनियाँ लगानीकर्ता सुरुङमार्ग निर्माण गर्न इच्छुक

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाडौँ उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिनुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले भीमफेदी–काठमाडौँ जोड्जे सुरुङमार्गको निर्माण कार्यलाई सञ्चालनमा ल्याउन चिनियाँ लगानीकर्तासँग वार्ता भएको र उहाँहरु छिट्टै काठमाडौँ आई लगानीका विषयमा छलफल गर्ने तयारीमा रहेको बताउनुभयो ।

by RSS | May 16
img
प्रम ओलीबाट नेपालमा लगानीका लागि कम्बोडियाली लगानीकर्तासँग आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त लगानी वातावरणका लागि नीतिगत स्थिरता, स्पष्ट नियामक ढाँचा, विधि र प्रक्रियामा सरलता, बजारको उपलब्धता र पहुँच तथा आकर्षक प्रोत्साहनजस्ता प्रावधान रहेको बताउनुभएको छ । नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक स्थिरता प्राप्त भएकाले नीतिमा स्थायित्व र एकरुपता भएको स्पष्ट गर्नुभयो ।

by RSS | May 15
img
आयआर्जनका लागि बाख्रामा लगानी

टीकापुरको बेलुवाकी रुपमती विकले पाँच वर्षअघि सत्तीको कर्णाली सामुदायिक वनबाट बाख्रापालनका लागि रु १० हजार रकम सहयोग पाउनुभएको थियो । उहाँले पाँच हजारका दुई बाख्रा किन्नुभयो । आठ महीना पालेपछि एउटा बाख्राले दुई पाठा र अर्कोले एक पाठो जन्मायो । एक वर्षपछि एउटा बाख्रा बेचेर रु १० हजार सामुदायिक वनलाई फिर्ता गरिदिनुभयो ।

by RSS | May 15
img
होटलमा रु दश खर्ब बढी लगानी

पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् ।

by RSS | May 10
img
प्रदेश नं ३ ले साझा यातायातमा लगानी गर्ने

प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।

by RSS | May 09
img
आयआर्जन बढाउन लगानी गर्दै गाउँपालिका

एक वर्षदेखि कृषि तथा पशुपालन क्षेत्रमा स्थानीयवासीको हौसला बढाउन जोरायल गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा निकै लगानी गर्न थालेको छ । किसानलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन उक्त गाउँपालिकाले आप्mनो क्षेत्रमा रहेका किसानलाई कषि क्षेत्रमा बढी लगानी गर्र्न थालेको हो । उक्त गाउँपालिकाले पछिल्लो समय किसानलाई सहुलियत दरमा उन्नत जातका गाई, बोयर जातका बोका, विभिन्न बीउबिजन वितरण गर्दै आएको छ ।

by RSS | May 05
img
‘नेपालको पानी, जनताको लगानी’लाई प्रभावकारी बनाइने

‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । सङ्घीय संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी गराउनुभएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन २ गतेदेखि नै सो कार्यक्रम शुरु गरिसकेको छ ।

by RSS | May 03
img
ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेको सङ्घका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उहाँले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको बताउनुभयो ।

by RSS | May 03
img
जलविद्युत्मा लगानी गर्न बङ्गलादेश तयार

रमेश लम्साल नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको हो ।

by RSS | May 03
img
गुराँस लघुवित्तको साधारण शेयर खुल्यो

पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आजदेखि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले दुई लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरु गरेको हो ।

by RSS | Apr 29
img
टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने

जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छ ।

by Anu Rana | Apr 25
img
खेलकूदमा थप लगानी गर्न उपराष्ट्रपतिको आग्रह

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपालगञ्जस्थित नेपालगञ्ज रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई स्वस्थ राख्न खेलकूद अपरिहार्य भएको बताउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय झण्डालाई विश्वसामु फहराउन खेलकूदको विकास जरुरी छ ।”

by RSS | Apr 25
img
गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह  

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरु समक्ष गरनुभ्एको छ ।

by Anu Rana | Apr 10
img
पर्यटन प्रवद्र्धनका लागि लगानी बढाउन विज्ञको सुझाव

नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक दिवसीय गोष्ठीमा बोल्दै उनीहरुले नेपालको पर्यटनको आधार नै बौद्धदर्शन भएकाले यसलाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटनमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

by RSS | Jan 13
img
माइबेनीमा पौने दुई अर्ब लगानी सम्झाैता

माइबेनी जलविद्युत आयोजनामा २ वाणिज्य बैंकले एक अर्ब ३९ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सामलिङ पावर कम्पनी लिमिटेडले निर्माण गर्ने आयोजनाका लागि शुक्रबार ऋण सम्झौता भएको हो ।

by Anu Rana | Dec 15
img
लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री डा खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ

by RSS | Dec 11
img
नयाँ श्रम कानूनबाट लगानीको वातावरण बन्ने अपेक्षा

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानूनका कारण देशमा लगानीको वातावरण बनेको बताउनुभएको छ । श्रमिकहरूको वर्तमान आर्थिक अवस्था विषयमा आज जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले श्रम र श्रमिकहरूको सामाजिक सुरक्षासम्बन्धी नयाँ कानूनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको धारणा राख्नुभयो ।

by RSS | Nov 22
img
नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि मन्त्री पुनको आग्रह

सर्विया भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गर्नुभएको छ । मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच शनिबार भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गर्नुभएको हो । ‘युरो–एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुग्नुभएका ऊर्जामन्त्री पुन र

by RSS | Oct 28
img
निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे

by RSS | Oct 23