img
नेपालको विकासमा चीनको साथ रहने विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ सहयोग रहने अपेक्षा गर्नुभएको छ । उपराष्ट्रपतिसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले आज गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपालले छिमेकी मुलुक चीनसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

by RSS | May 16
img
देवघाट क्षेत्र विकास समितिद्वारा रु १० करोड माग

देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

by RSS | May 16
img
कृषि क्षेत्रको विकास गर्न सर्वेक्षण

मधुवन नगरपालिकाले कृषि क्षेत्रको विकास गर्न आजदेखि सर्वेक्षण शुरु गरेको छ । आगामी वर्ष कृषि क्षेत्रको समयसापेक्ष विकास गर्न सूचना सङ्कलन गर्ने उद्देश्यले सर्वेक्षण शुरु गरिएको नगरपालिका कृषि शाखाका प्रमुख एकराज वलीले बताउनुभयो ।

by RSS | May 15
img
समृद्धिका लागि विकासको प्रतिस्पर्धा आवश्यक : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि विकासको प्रतिस्पर्धा गर्ने बेला आएको बताउनुभएको छ । उहाँले विकास र समृद्धिका लागि नेपाली जनताको चाहना पूरा गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय आएको बताउनुभयो । अब प्रदेश–प्रदेश र स्थानीय तहबीचको प्रतिस्पर्धा विकास र समृद्धिका लागि गर्नुपर्ने उपराष्ट्रपति पुनले बताउनुभयो ।

by RSS | May 14
img
उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उहाँहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

by RSS | May 13
img
प्रभावकरी बन्दै लघु उद्यम विकास कार्यक्रम

गरीब, विपन्न र सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सञ्चालन गरिरहेको गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडेप) पश्चिम नवलपरासीमा प्रभावकारी बन्दै गएको छ । ‘अति गरीब’ जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार यस कार्यक्रममार्फत सञ्चालन गरिएका सीप विकास तालीमबाट ग्रामीण क्षेत्रका गृहिणी महिला लाभान्वित भएका छन् ।

by RSS | May 12
img
लुम्बिनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुन्छ : मुख्यमन्त्री

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुने बताउनुभएको छ । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको तयारी सम्बन्धमा छलफल गर्न आज बुटवलमा बसेको मूल समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भ्रमण वर्ष अवधिमा लुम्बिनी र बुद्ध सर्किटबारे पर्यटकलाई बुझाउन सके पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने बताउनुभयो ।

by RSS | May 12
img
‘संस्कृतिविना मुलुकको विकास असम्भव’

नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीले संस्कृतिविना मुलुकको विकास असम्भव भएको बताउनुभएको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्र र विकासमा सांस्कृतिक विविधताको योगदान विशेष परामर्श’ कार्यक्रममा उहाँले लोकतन्त्रको विकासका लागि संस्कृतिको महत्वपूर्ण योगदान रहेको बताउनुभएको हो । “सांस्कृतिक विविधताले नेपालको विकासको सम्भावनालाई बढाएको छ, सांस्कृतिक पर्यटनमार्फत मुलुकको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

by RSS | May 10
img
सुरक्षासँगै विकासको काममा अगाडि बढ्छौँ : प्रहरी महानिरीक्षक

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षासँगसँगै विकासको काममा अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण भएको हिरासत कक्षसहितको ब्यारेक भवन, अगुवा प्रहरी अधिकृत आवास र भान्सा घरको आज उद्घाटन गर्दै उहाँले विभिन्न अपराधको वर्गीकरण गरेर अपराधीका रुपमा भन्दा पनि उनीहरुलाई सामाजिकीकरण गर्दै सुधार गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

by RSS | May 09
img
युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्छ : कलाकार हमाल

नेपाली चलचित्र क्षेत्रका कलाकार राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गर्नुभएको छ । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आउनुभएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताउनुभयो । हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहारगृहप्रति लक्षित गर्दै केपी खनाल सबैको प्रेरणाको स्रोत हुनुपर्ने बताउनुभयो ।

by RSS | May 09
img
सीप त सिकियो, काम खोजिदिनुस्

तनहुँ कारागारमा सजाय भोगिरहनुभएका होमबहादुर दर्जी तीन महीने सिलाइकटाइ तालीम लिएपछि उत्साहित हुनुहुन्छ । घरेलु तथा साना उद्योग विकास समिति र व्यास नगरपालिकाको सहयोगमा कारागारमा सञ्चालित सिलाइकटाइ तालीमले उहाँलाई स्वरोजगार बन्न उत्प्रेरणा जगाएको छ । कारागारमा यत्तिकै बस्नुभन्दा केही सीप सिक्ने इच्छाबमोजिम तालीममा सहभागी हुनुभएका उहाँले सीप सिकेपछि अब कामको माग गर्नुभएको छ ।

by RSS | May 08
img
शिक्षक सरुवा फुकुवा

शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो ।

by RSS | May 06
img
जीवनस्तर सुधार्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएपछि दुर्गम बस्तीका जनता लाभान्वित हुन थालेका छन् । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका जिल्लाका तीन गाउँपालिकाले सो कार्यक्रमलाई स्थानीयवासीको जीवनस्तर सुधार्ने माध्यम बनाउन थालेका छन् ।

by RSS | May 05
img
महिला वडाध्यक्षहरु सुशासनमा अब्बल

झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उहाँहरुको गुनासो पनि छ । पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् ।

by RSS | May 05
img
‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइने’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो । उहाँले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

by RSS | May 03
img
राष्ट्रपति रनिङ शिल्ड

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेठ १६ गतेदेखि गर्ने निर्णय भएको हो ।

by RSS | May 02
img
पाउद्वार–किन्दु सडक निर्माण

अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ स्थित पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण गरिएको छ । उक्त गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्वारदेखि शुरु गरिएको सडक यसपालि झारवाङ हँुदै किन्दुसम्म पु¥याइएको हो । पाउद्वार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिरक्षेत्रमा ट्र्याक खोलिएपछि पाउद्वार किन्दु सिधा सडक सञ्जालमा जोडिएको वडासदस्य राजेश तिलिजाले जानकारी दिनुभयो ।

by RSS | May 02
img
बृहत् विराट विकास क्षेत्र

मोहम्मद सदरुल/मनोज दाहाल मोरङ र सुनसरी जिल्लाको केही नगरपालिका र गाउँपालिकाका आवश्यक क्षेत्रलाई समेटेर बृहत् विराट विकास क्षेत्र बनेको छ । विगतमा विराटनगर महानगरपालिका मात्र विराट क्षेत्रबाट चिन्ने गरिन्थ्यो भने अहिले यसमा सुनसरी र मोरङका १८ स्थानीय तह गाभिएका छन् । प्रदेश सरकारले बृहत् विराट विकास क्षेत्रका लागि ल्याएको विधेयक पनि आइतबार पारित भइसकेको छ ।

by RSS | Apr 29
img
सामुदायिक विकासका लागि रु सात करोड

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रु सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक विकासका लागि खर्च गर्नुपर्ने भएको व्यवस्था अनुरुप सो रकम उपलब्ध गराएको हो ।

by RSS | Apr 29
img
प्रदेशमा कर्मचारी अझै पदस्थापन भएनन्

प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन सकेको छैन ।

by RSS | Apr 28