img
अभद्र व्यवहार गर्ने विद्यार्थी पक्राउ

प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् ।

by RSS | May 21
img
रुरु गाउँपालिका जिल्लामै पहिलो पूर्ण विद्यार्थी भर्ना घोषणा

गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको थियो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेकोे थियो । विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताउनुभयो ।

by RSS | May 13
img
फुर्सदिला विद्यार्थीबीच म्याराथुन

एसइई परीक्षा दिएर बसेका विद्यार्थीबीच खुला म्याराथुन प्रतियोगिता हुने भएको छ । बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले देशभरका फुर्सदिला विद्यार्थीका लागि खुला म्याराथुन प्रतियोगिताको तयारी गरेको हो । ‘किल एडिक्सन, स्टे हेल्थी’को नारासहित आयोजना गर्न लागिएको सो प्रतियोगिता आगामी जेठ ३२ गतेदेखि बनेपामा सञ्चालन हुने प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले जानकारी दिनुभयो ।

by RSS | May 13
img
विप्लव समूहका विद्यार्थी नेता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई आज काठमाडौँको अनामनगरबाट पक्राउ गरेको छ । उक्त समूहको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई आज अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

by RSS | May 10
img
अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा

अपाङ्गताको परिचयपत्र पाएका विद्यार्थीहरुले त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा उच्च शिक्षा निःशुल्क पढ्न र निःशुल्क प्रमाणपत्र प्राप्त गर्न सक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयका अनुसार अब त्रिविमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीले ट्रान्सक्रिप्टसम्मका प्रमाणपत्रहरु समेत निःशुल्क पाउनेछन् ।

by RSS | May 09
img
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । स्थानीय तहले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि सामुदायिक विद्यालयप्रति विद्यार्थीको मोह एकाएक बढेको हो । जिल्लाको शैक्षिक अवस्था पछि परेको मानिएको सरावल गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय अहिले त्यस क्षेत्रको विद्यार्थीको रोजाइमा परेको छ ।

by RSS | May 06
img
व्यावसायिक ज्ञान आर्जन गर्दै सामुदायिक विद्यालय

विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ । अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदन अगाडि बढिरहेको छ ।

by RSS | May 06
img
पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री

बाबा फाउण्डेशन नेपालले यस वर्ष सामुदायिक विद्यालयका करीब पाँच सय गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउण्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको शुरुमा नै गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकासहित कास्की र अन्य जिल्लामा उक्त सहयोग उपलब्ध गराउन लागिएको हो ।

by RSS | May 05
img
केरलाका स्कूले विद्यार्थी नेपालमा

दुई देशका स्कूले विद्यार्थीमा आ–आफ्नो देशको कला संस्कृति रहनसहन आदानप्रदान गराउने उद्देश्यले यहाँको लिटिल फ्लावर स्कूल र भारतको केरलामा रहेको लिटिल फ्लावर स्कूलबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ ।दुवै विद्यालयका विद्यार्थीले साथी बनाएर एकले अर्को देशमा गएर त्यहाँको साथीसँग घरमै बसेर संस्कृति आदानप्रदान गर्नाका साथै सम्बन्ध विस्तार गरिरहेका छन् ।

by RSS | May 03
img
आदिकविका विद्यार्थीले गृहिणीलाई पढाए सूचना प्रविधि

राष्ट्रिय सूूचना सञ्चार तथा प्रविधि दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले गृहिणीलाई सूचना प्रविधिबारे पाठ पढाएका छन् । क्याम्पसमा स्नातक तहमा सूचना सञ्चार तथा प्रविधि विषयमा अध्यनरत विद्यार्थीले छिमेकमा रहेको आमा समूहका गृहिणी महिलालाई विहीबार सूचना सञ्चार तथा प्रविधिका प्रयोग, फाइदा र बेफाइदाबारे पढाएका हुन् ।

by RSS | May 03
img
जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग

उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा पाल्पामा अध्ययनरत् विद्यार्थीलाई जापानी नागरिकले विद्यालय पोशाक सहयोग गरेका छन् । यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी (ओकेबाजे) र मसाहिरो क्युरोको सहयोगमा रु ६० हजार बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । गरीब, जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा जाने बानी बसाल्न विद्यालय पोशाक दिएर खुशी बनाएको सहयोग दाता ओकेबाजेले बताउनुभयो

by RSS | Apr 21
img
भर्नासँगै विद्यार्थीको हातमा पाठ्युपस्तक

यो वर्ष समयमै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । संविधानत माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । विद्यालयले अहिले विद्यार्थी भर्नासँगै पाठ्युपस्तक विद्यार्थीको हातहातमा दिने गरेका छन् । नौगाड गाउँपालिकास्थित गणेश विनायक मावि सिप्टीले विद्यार्थी भर्ना अभियानसँगै पाठ्यपुस्तक वितरण शुरु गरेको छ ।

by RSS | Apr 21
img
इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गँैडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् ।

by RSS | Mar 24
img
९ हजार ५ सय भन्दा बढी विद्यार्थी दीक्षित  

त्रिभुवन विश्वविद्यालयको सोमबार ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह सम्पन्न भएको छ ।  ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी गराउनुभयो ।

by Anu Rana | Jan 01
img
न विद्यार्थी न पढाइ, नक्कली हाजिरी पठाउँदै शुल्क पचाउँदै  

सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाइन गाउँको मनेलाल जनता माविमा यस वर्ष कक्षा ११ मा २५ र १२ कक्षामा २२ गरी ४७ जना विद्यार्थी भर्ना भएका हुन । तर उक्त विद्यालयमा भने न विद्यार्थी भेटिन्छन् न उनीहरुलाई पढाउने शिक्षक र कक्षाकोठा नै । एकै पटक फारम भर्ने बेला आउँछन् र परीक्षामा सहभागी हुने गरेको छ ।

by Anu Rana | Dec 21
img
प्रदेश-२ को सरकारले दियो ३.५ लाख दलित विद्यार्थीलाई आर्थिक सहयोग

आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज तीन जना विद्यार्थीलाई रु साढे तीन लाखको दरले चेक हस्तान्तरण गर्नुभएको छ ।

by Anu Rana | Dec 12
img
१२ को परीक्षा दिएकालाई सरकारले तीन महिने तालिम दिने  

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सरकारले नतिजा सार्वजनिक हुने बेलासम्म कम्तिमा तीन महिने व्यावसायिक तथा सीपमूलक तालिम दिने तयारी गरेको छ।

by Anu Rana | Nov 27
img
जनप्रतिनिधिले नै स्कुल भत्काइदिएपछि सडकमा विद्यार्थी  

सडक विस्तारको नाममा एक विद्यालय नै भत्काएपछि स्थानीयवासी आक्रोशित बनेका त छदै थियो भने जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था स्थित राजर्षी जनक माध्यमिक विद्यालयको विद्यार्थीहरु सडकमै डेस्क–बेन्च राखेर त्यहीँ किताव फिँजाएर बसेका थिए । शिक्षकहरु चक, डस्टर सहित सडकमै उपस्थित भए । र सडकमै उभिएर पढाउन थाले ।

by Anu Rana | Oct 26
img
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी कानबाट रगतको भल बग्यो   

बिद्यार्थीलाई अनुसाशित बनाउने नाममा चोट -पटक लाग्ने गरी पिट्नु कतिको जायज हो, त्यसमाथि पनि प्रधानाध्यापक जस्तो जिम्मेवार पदमा रहेर १५ मिनेट बिद्यार्थीले ढिलो गर्यो भन्दैमा रगताम्य हुने गरी पिट्नु उचित होला त ?  

by Anu Rana | Sep 21
img
निर्मला पन्तको बलात्कार र हत्यापछी विद्यार्थी त्रसित बन्दै

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यापछी उनका साथीहरू भाइहरु निकै त्रसित भएका छन् । बलात्कारपछि मृत्युको मुखमा पुगेकी १३ वर्षीया निर्मला भीमदत्त नगरपालिका–२, उल्टाखामस्थित सरस्वती माध्यमिक विद्यालयमा पढ्दै थिइन् । 

by Anu Rana | Aug 30