img
दाताको सहयोगमा घाँसे मैदान व्यवस्थापन गर्दै निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्जमा दाताको सहयोगमा ८६ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिँदैछ । नियमित घाँस व्यवस्थापन थोरै क्षेत्रफलमा हुँदा घाँसको अभावमा वन्यजन्तु बस्ती पस्न थालेपछि निकुञ्जको आग्रह र दाताको सहयोगमा थप क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो ।

by RSS | May 16
img
दीर्घकालीन फोहर व्यवस्थापनको काम तीव्ररुपमा

शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ ।

by RSS | May 15
img
दीर्घकालीन फोहर व्यवस्थापनको काम तीव्ररुपमा

केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ ।

by RSS | May 15
img
बसपार्क र सवारी साधन व्यवस्थापनमा चुनौती

सडक सञ्जालसँग जोडिँदै गएको नेपालगञ्जमा ट्राफिक नियमको पालन र व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । नेपालगञ्जदेखि नेपालका अधिकांश प्रमुख शहरमा सवारी साधन छुट्छन् । जिल्लाका सबै ठाउँलाई जोड्ने सडक पनि धमाधम बनिरहेका छन् तर नेपालगञ्जमा निर्माणाधीन ठूलो बसपार्क निर्माणमा भएको ढिलाइ र स–साना बसपार्क पनि भद्रगोलकै अवस्थामा भएकाले यात्रुले हैरानी भोग्नुपरिरहेको हो ।

by RSS | May 08
img
बसपार्क र सवारी साधन व्यवस्थापनमा चुनौती

सडक सञ्जालसँग जोडिँदै गएको नेपालगञ्जमा ट्राफिक नियमको पालन र व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । नेपालगञ्जदेखि नेपालका अधिकांश प्रमुख शहरमा सवारी साधन छुट्छन् । जिल्लाका सबै ठाउँलाई जोड्ने सडक पनि धमाधम बनिरहेका छन् तर नेपालगञ्जमा निर्माणाधीन ठूलो बसपार्क निर्माणमा भएको ढिलाइ र स–साना बसपार्क पनि भद्रगोलकै अवस्थामा भएकाले यात्रुले हैरानी भोग्नुपरिरहेको हो ।

by RSS | May 08
img
मन्दिरको सुरक्षा भएन

सामान्यतया देवताको मूर्ति मन्दिरमा हुन्छ र मन्दिरमै पुजिन्छ तर जुम्लाको सिञ्जामा रहेको कनका सुन्दरी माइको मन्दिर संरक्षण तथा व्यवस्थापनको अभाबमा बहुमूल्य मूर्ति इलाका प्रहरी कार्यालयमा थन्किएको छ ।नेपाली भाषाको उद्गमस्थलसमेत मानिने सिञ्जामा रहेको कनका सुन्दरी माई आन्तरिक पर्यटनको ठूलो सम्भावना रहेपनि भए पनि मन्दिरको सुरक्षा व्यवस्था नहुँदा बहुमूल्य मूर्ति मन्दिरको सट्टा हाड्सिन्जास्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

by RSS | May 07
img
फोहर व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप

ललितपुर महानगरपालिकाले महानगरभित्रको फोहरको व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप गर्ने भएको छ । उपमहानगरपालिकाबाट महानगरपालिका बनेपछि साविकका पाँच गाविस थप भएका कारण जनशक्ति र उपकरण थप गर्न लागिएको हो । हाल कार्यरत जनशक्ति अपर्याप्त भएपछि २४ नयाँ कर्मचारी थप गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

by RSS | May 07
img
नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ ।

by RSS | May 07
img
मार्तडीको फोहर व्यवस्थापन सडक छेउमा

सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले बजार क्षेत्रको फोहर सहीरुपमा व्यवस्थापन नगर्दा बजारक्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । स्वच्छ र सफा बजार बनाउन यस क्षेत्रमा उठ्ने फोहरको उचित व्यवस्थापन हुनुपर्ने बजारवासीको भनाइ छ । बजार क्षेत्र भन्दा करीब पाँच किलोमिटर तल फोहर व्यवस्थापन गर्ने ठाउँ बनाएको भए पनि व्यवस्थित नहँुदा दुर्गन्ध बढ्दै गएको छ ।

by RSS | May 06
img
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा गम्भीरताका साथ लाग्न निर्देशन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

by RSS | May 05
img
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा गम्भीरताका साथ लाग्न निर्देशन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

by RSS | May 05
img
हात्ती व्यवस्थापन कार्ययोजना ल्याइँदै

नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो नेपालको सहयोगमा पूर्व, मध्य र पश्चिम गरी तीन क्षेत्रमा सुझाव सङ्कलन थालिएको छ ।

by RSS | Apr 30
img
हात्ती व्यवस्थापन कार्ययोजना ल्याइँदै

नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो नेपालको सहयोगमा पूर्व, मध्य र पश्चिम गरी तीन क्षेत्रमा सुझाव सङ्कलन थालिएको छ ।

by RSS | Apr 30
img
झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिनुभयो ।

by RSS | Apr 29
img
पञ्चाङ्गका सामग्री सारेर भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन

नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रोे प्रकाशन भएपछि भित्तेपात्रो प्रकाशकले तिथिमिति सारेर प्रकाशन गर्दा प्रतिलिपि अधिकार हनन् हुने गरेको छ । निजी क्षेत्रका प्रकाशक मात्र होइन, सरकारी संस्थाले प्रकाशन गर्ने भित्तेपात्रोमा समेत तिथि मात्र होइन विवाह, व्रतबन्ध, अन्नप्राशन, नवान्नप्राशन जस्ता धार्मिक कृत्यको साइत उल्लेख हुने गरेको छ ।

by RSS | Apr 29
img
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना बनाउनुपर्ने

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै उहाँले देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

by RSS | Apr 22
img
ट्राफिक सुधार कार्ययोजनाको शुभारम्भ

काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको कार्ययोजनाको आज शुभारम्भ गरिएको हो । कार्ययोजनाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकालाई नमूनाका रुपमा विकास गर्न उक्त कार्ययोजना अगाडि सारिएको बताउनुभयो ।

by RSS | Apr 04
img
ट्राफिक व्यवस्थापन गर्न समिति

ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन, सडक बालबालिका तथा महिलाको समस्या समाधान र लागुऔषध एवं अपराध न्यूनीकरणका लागि समिति गठन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकामा आयोजित बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालको संयोजकत्वमा तथा महिला र बाल बालिकाको विषयमा महिला विकास

by RSS | Feb 19
img
मानव मलमूत्रीय फोहर व्यवस्थापन प्रशोधन केन्द्र बन्दै

झापाको मेचीनगर–१४ स्थित दुहागढीमा मानव मलमूत्र व्यवस्थापन गर्ने उद्देश्यले रु सात करोड बढीको लागतमा मानव मलमूत्रीय फहोरो व्यवस्थापन प्रशोधन केन्द्र निर्माण भइरहेको छ । एशियाली विकास बैंक (एडिबी)को ८० प्रतिशत अनुदान र स्थानीय तहको १५ प्रतिशत लागतमा सो प्रशोधन केन्द्रको निर्माण भएको हो । सन् २०१७ डिसेम्बरमा धनुषाको रमन कन्स्ट्रक्सनले रु सात करोड ६८ लाखमा

by RSS | Feb 19
img
विपद् व्यवस्थापन उद्धारकर्मी तयार गर्दै कामपा

काठमाडौँ महानगरपालिका आफ्ना सबै वडामा विपद्का समयका लागि उद्धारकर्मी तयार गर्ने कार्यमा जुटेको छ । घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महानगरले हरेक वडामा विपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयंसेवक तयार गर्ने तयारी थालेको हो । एउटा वडाबाट ४० स्वयंसेवक तयार गर्नका लागि सम्बन्धित वडामा तालीम सञ्चालन गरिने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

by RSS | Feb 08

LATEST NEWS