img
उकालो लाग्दै शेयर बजार

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ५.५५ बिन्दुले बढेर एक हजार ३२१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ बिन्दुले बढेर २८२.२५ बिन्दुमा पुगेको छ ।

by RSS | May 16
img
हिमाल दोलखाले ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका बासिन्दालाई १६ लाख कित्ता साधारण शेयर बिक्री गर्नेछ । दोस्रो चरणमा ६२ लाख कित्ता साधारण शेयर आम सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीले कूल ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट स्वीकृति पाएको हो ।

by RSS | May 15
img
कदुई लघुवित्तको साधारण शेयर बिक्री हुँदै

पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ । यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन् ।जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यही वैशाख २७ गतेदेखि साधारण शेयर बिक्री गर्ने तयारीका साथ आज विवरण सार्वजनिक गरेका हुन् ।

by RSS | May 02
img
शेयर बजार : दोहोरो अङ्कले घट्यो

एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।

by RSS | Apr 30
img
गुराँस लघुवित्तको साधारण शेयर खुल्यो

पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आजदेखि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले दुई लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरु गरेको हो ।

by RSS | Apr 29
img
शेयर बजार थामिदा अर्ब माथिको कारोवार

लगातार उच्च अङ्कको वृद्धि हुँदै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा पुगेको छ ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार ९चाइना कमरसियल स्टक इन्टरप्राइजेज० को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गर्नुभयो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

by RSS | Apr 28
img
शेयर बजारमा उछाल, एकै दिन बढ्यो ३२ अङ्क

शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ । कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज अर्बमाथि पुगेको छ ।

by RSS | Apr 21
img
थामियो शेयर बजार

शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६ लाख छ

by RSS | Mar 31
img
युनियन हाइड्रोको साधारण शेयर बिक्री शुरु

निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपावरले आजदेखि रु ३५ करोड ३४ लाख ३४ हजार बराबरको प्राथमिक शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये दुई प्रतिशतअर्थात् ७० हजार ६६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता सर्वसाधारणका लागि बिक्री शुरु गरेको हो । 

by RSS | Mar 27
img
दोहोरो अङ्कले बढ्यो शेयर बजार

आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।

by RSS | Mar 11
img
साधारण शेयर बिक्रीको अनुमति

नेपाल धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई रु १४ करोड ८५ लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले सर्वसाधारणलाई बिक्री गर्ने गरी १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । प्रतिकित्ता रु १०० अङ्कित दरको साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको बोर्डले जनाएको छ ।

by RSS | Feb 05
img
पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

 नेपाल स्टक एक्सचेन्जले सोमबार भएको अपर तामाकोशी जलविद्युत आयोजनाको सेयर कारोबार रद्द गरेको छ। सोमबार अनलाइन सिस्टममा आएको गडबडीका कारण अपर तामाकोशीको सेयर रेन्जभन्दा बाहिर गएर कारोबार भएकाले कारोबार रद्द गरिएको नेप्सेले जनाएको छ।

by Anu Rana | Jan 15
img
दोहोरो अंकले घट्यो शेयर

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ६१ बिन्दुले घटेर एक हजार १ सय ६८ दशमलव १७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार बिन्दुले घटेर २ सय ४८ दशमलव ५९ बिन्दुमा पुगेको छ ।

by Anu Rana | Dec 20
img
दोहोरो अंकले घट्यो शेयर

आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार विन्दुले घटेर २४८ दशमलव ५९ विन्दुमा पुगेको छ ।

by RSS | Dec 18
img
लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री डा खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ

by RSS | Dec 11
img
दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर

शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ ।

by RSS | Dec 07
img
थामियो शेयर बजार

बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ बिन्दुले घटेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ ।

by RSS | Dec 06
img
कालिका लघुवित्तले लाभांश शेयर दिने

कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

by RSS | Dec 06
img
मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा

मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो ।

by RSS | Nov 05

LATEST NEWS