img
विश्वमै दुर्लभ चिरकालिज संरक्षणका लागि पहल शुरु

पछिल्लो समय विश्वमै दुर्लभ चिरकालिजको व्यापक चोरी सिकारी हुन थालेपछि संरक्षणको लागि पहल शुरु गरिएको छ । सामुदायिक वन समूह र सरोकारवालाले संरक्षणका लागि चासो नदेखाएपछि यसको चोरी सिकारी रोक्न वन तथा वातारणमन्क्री शत्तिबहादुर बस्नेतको निर्देशनमा चिरकालिजलगायतका जङ्गली जनावरको संरक्षणका लागि चासो बढेको हो ।

by RSS | May 16
img
मादल बनाउने पेशाको संरक्षण

पाल्पा जिल्लाबाटै लोपोन्मुख अवस्थामा रहेको मादल बनाउने पेशा रामपुर नगरपालिका–८ कटहरटारका रामबहादुर गन्धर्वले सम्हाल्नुभएको छ । विगत १७ वर्षदेखि मादल बनाउने र बिक्री गर्ने रामबहादुरले स्याङ्जा तथा पाल्पाका विभिन्न स्थानमा मादल बोकेर पु¥याउने गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिले बुबाले पनि यसै गरेर मादलसँग धान, चामल साटेर परिवार पाल्नुभयो, मैले त अहिले मादल बेचेर पैसा कमाएको छु ।”

by RSS | May 15
img
बीउ संरक्षण अभियानमा किसान

कुनैबेला बीउ खोज्न जिल्ला बाहिर जाने यहाँका किसान पछिल्लो समय रैथाने बीउ संरक्षण अभियानमा जुटेका छन् । यहाँका किसानले आलु, जोरायली बासमती धान, हन्सराज धानलगायत रैथाने बीउको संरक्षण गर्ने अभियान थालेका छन् । जैविक विविधता संरक्षण तथा कृषि सहकारी संस्थाको सहयोगमा जोरायल गाउँपालिका–२ गैराका किसान बीउ संरक्षण अभियानमा सक्रिय भएका छन् ।

by RSS | May 14
img
सेती बाढीले बगर बनाएको तातोपानी कुण्ड संरक्षणको पर्खाइमा

विसं २०६९ वैशाख २३ गते शनिबारको दिन । सार्वजनिक विदाको दिन भएकाले माछापुच्छ«े गाउँपालिका–१ र २ स्थित सेती नदीको किनारमा रहेको तातोपानी कुण्डमा स्नान गर्ने र खारपानी बजारमा वनभोजमा रमाउनेहरुको बाक्लो उपस्थिति थियो । तर विडम्बना अन्नपूर्ण हिमाल चौथोको आसपासमा खसेको पहिरोका कारण बिहान १०ः३० बजेको समयमा आएको बेमौसमी भीषण हिमपहिरोले सेतीमा बाढी आउँदा ६६ जनालाई बगायो ।

by RSS | May 14
img
जलपक्षीका लागि प्रख्यात पुरैनी ताल संरक्षण गरिने

कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी ताल संरक्षण गरिने भएको छ । नगरपालिकाले तालको पानी सुकेको भागलाई पोखरीमा परिणत गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भएको छ । रु १६ लाखको लागतमा झण्डै तालको सात बिघा जग्गामा पोखरी निर्माण गर्ने र तालको चारैतिर माटोको पर्खाल निर्माण गर्ने योजना अघि सारिएको नगरप्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

by RSS | May 14
img
पञ्चेबाजा संरक्षण गर्दै स्थानीय तह

विवाह–व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हँुदै गएको छ । विशेषगरी दर्जी समुदायका व्यक्तिले यो बाजा बजाएरै जीवन निर्वाह नहुने भएपछि अरू पेशामा लाग्दा बाजाको संरक्षण हुन नसकेको हो ।

by RSS | May 13
img
‘प्राज्ञिक क्षेत्रले भाषा र संस्कृति संरक्षणमा लाग्नुपर्छ’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्राज्ञिक क्षेत्रले भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशस्तरीय वाङ्मय सङ्गोष्ठी’ कार्यक्रमको उद्घाटन समारोहमा उहाँले पछिल्लो समय नेपाली संस्कृति हराउँदै गएको बताउनुभयो ।

by RSS | May 12
img
मध्यपुरको मूर्त, अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना निर्माण

मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमूनाको साँस्कृतिक नगरी निर्माण गर्न नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण शुरु गरेको छ । नगरपालिकाले आयोजना गरेको समारोहमा गत चैत ३ गते प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मध्यपुरथिमिलाई ‘सांस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरेपछि नगरपालिकाले यसको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण शुरु गरेको हो ।

by RSS | May 12
img
मुहान सुक्न थालेपछि संरक्षण थालियो

पछिल्लो समयमा विभिन्न कारणले खानेपानीका मुहान सुक्दै गएकाले संरक्षण गर्न थालिएको छ । पछिल्लो समय सडक निर्माण, वन जङ्गलको बिनास, जलवायु परिर्वतन तथा भूकम्पका कारण मुहान सुक्दै गएकाले संरक्षणका लागि पहल थालिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ अभियानका रूपमा नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको हो ।

by RSS | May 12
img
सार्वजनिक जग्गाको संरक्षण गर्न माग

राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालले देशको महत्वपूर्ण क्षेत्रको जग्गा तथा आवास क्षेत्र नै भूमाफियाको कब्जा भएकामा चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्ति रोक्न सरकारलाई विशेष पहल गर्न माग गरेको छ ।

by RSS | May 08
img
महानगरद्वारा ४४ बिघा जग्गा संरक्षण

देशभर सार्वजनिक जग्गा अतिक्रमणका घटना सार्वजनिक भइरहेका बेला भरतपुर महानगरपालिका संरक्षणमा लागेको छ । महानगरले एक वर्षअघि सार्वजनिक जग्गा खोजबिन व्यवस्थापन समिति गठन गरी संरक्षणमा लागेको हो । महानगरपालिकाले हालसम्म ४३ बिघा ११ कट्ठा १७ धुर जग्गा खोजबिन गरी संरक्षण गरिसकेको छ ।

by RSS | May 08
img
मन्दिरको सुरक्षा भएन

सामान्यतया देवताको मूर्ति मन्दिरमा हुन्छ र मन्दिरमै पुजिन्छ तर जुम्लाको सिञ्जामा रहेको कनका सुन्दरी माइको मन्दिर संरक्षण तथा व्यवस्थापनको अभाबमा बहुमूल्य मूर्ति इलाका प्रहरी कार्यालयमा थन्किएको छ ।नेपाली भाषाको उद्गमस्थलसमेत मानिने सिञ्जामा रहेको कनका सुन्दरी माई आन्तरिक पर्यटनको ठूलो सम्भावना रहेपनि भए पनि मन्दिरको सुरक्षा व्यवस्था नहुँदा बहुमूल्य मूर्ति मन्दिरको सट्टा हाड्सिन्जास्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

by RSS | May 07
img
संस्कृत भाषा संरक्षणका लागि कालीगण्डकी गुरुकुलम

स्याङ्जाको गल्याङ नगरपालिका र पाल्पाको रम्भा गाउँपालिकाको सङ्गमस्थल खाडाघाट उत्तर बाहिनीमा कालीगण्डकी गुरुकुलम स्थापना गरिएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले पाल्पाको रम्भादेवी गाउँपालिकामा दर्ता गरेकोे सो गुरुकुलममा चालू शैक्षिक सत्रबाट कक्षा ६ को अध्यापन गराइने भएको छ ।

by RSS | May 07
img
पञ्चैबाजा संरक्षणमा रामपुरका युवा

गाउँघरमा पहिलेदेखि नै चलनचल्तीमा आएका पञ्चैबाजा पछिल्लो समय लोप हुँदै जान थालेपछि रामपुरका युवा संरक्षण अभियानमा जुटेका छन् । रामपुर नगरपालिका– ३ चनौलीस्थित लाङ्घाली सामुदायिक समाज सुधार केन्द्र संस्था गठन गरेर स्थानीय युवा पञ्चैबाजा संरक्षणमा जुटेका हुन् । विसं २०७४ मा प्रतिव्यक्ति रू पाँच सङ्कलन गरेर दश युवाले यो अभियान शुरु गरेका थिए ।

by RSS | May 05
img
रातो हाब्रे संरक्षणका लागि धामी झाँक्री नाटक

कर्णालीमा पाइने लोप हँुदै गइरहेको रातो हाब्रे (रेड पाण्डा) संरक्षणमा सरोकारवाला निकायहरु जुटेका छन् । रेडपाण्डा संरक्षण गरिनुपर्ने विषयमा जनचेतनामूलक कार्यक्रमसमेत अघि सार्ने र पूर्वाधार तयार गर्ने विषयमा स्थानीय सरोकारवाला निकाय र सामाजिक सङ्घसंस्थाहरु अघि बढेका हुन् । रेडपाण्डालगायत वन्यजन्तु संरक्षण अभियानमा यहाँका धामी–झाँक्री, आमा समूह र युवा जनचेतनामूलक कार्यक्रम तथा सकारात्मक प्रचार कार्यक्रमसहित जुट्ने भएका हुन् ।

by RSS | May 02
img
स्थानीय जातका बीउ संरक्षण गर्दै सामुदायिक बीउ बंैक

नवलपरासीको कावासोती नगरपालिका–१४ मा स्थापना गरिएको सामुदायिक बीउ बैंकले स्थानीय जातका बीउ संरक्षण गर्दै आएको छ । नौ बर्षअघि बीउ बैंक स्थापना गरी थालिएको संरक्षण प्रभावकारी बन्दै गएको छ । स्थानीय तह र विभिन्न सहयोगी संस्थाको पहलमा सामुदायिक बीउ बैंक स्थापना गरी स्थानीय जातका बीउको संरक्षण गर्न थालिएको हो ।

by RSS | May 02
img
गुफा संरक्षण गरिँदै

गलकोट नगरपालिका–९ मल्मस्थित पाण्डुकेशरी गुफा संरक्षणको काम शुरु भएको छ । धार्मिक र पर्यटकीय महत्वको गुफा संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा थियो । जनप्रतिनिधिसहित स्थानीयवासी गुफा संरक्षण तथा विकासमा कस्सिएका छन् । गुफा पुग्ने पदमार्गदेखि आसपासमा पर्यटकीय पूर्वाधार निर्माणको काम अघि बढाइएको छ ।

by RSS | May 02
img
गुफा संरक्षण गरिँदै

गलकोट नगरपालिका–९ मल्मस्थित पाण्डुकेशरी गुफा संरक्षणको काम शुरु भएको छ । धार्मिक र पर्यटकीय महत्वको गुफा संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा थियो । जनप्रतिनिधिसहित स्थानीयवासी गुफा संरक्षण तथा विकासमा कस्सिएका छन् । गुफा पुग्ने पदमार्गदेखि आसपासमा पर्यटकीय पूर्वाधार निर्माणको काम अघि बढाइएको छ ।

by RSS | May 02
img
मकवानपुरगढीको संरक्षण गर्नुपर्नेमा उपसभामुख तुम्बाहाम्फेको जोड

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्बद्र्धन गर्नुपर्ने बताउनुभएको छ । बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि रासससँग कुरा गर्दै उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र पढ्दै आएको भए पनि ऐतिहासिक गढीको पहिलोपटक अवलोकन गर्ने अवसर मिलेको बताउनुभयो ।

by RSS | May 02
img
भोटेकोशीको सभ्यता कलामा

सिन्धुपाल्चोक, भोटेकोसीमा विकास भएको सभ्यता संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ तीनदिने कला कार्यशाला सम्पन्न भएको छ । भोटेकोसी गाउँपालिका ४, फुल्पिङकट्टीमा पुरातत्वविद्सहित पुगेको १५ कलाकारहरुको टोलीले अध्ययन तथा चित्र बनाएका हुन् ।

by RSS | Apr 26

Whoops, looks like something went wrong.