img
‘तीनै तहका सरकारबीच समन्वय जरुरी'

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्नुहँुदै उहाँले सबै तहका सरकारबीच समन्वय र सहकार्यका आधारमा काम गरेर अगाडि बढ्न सके परिणाम हासिल गर्न सकिने बताउनुभयो ।

by RSS | May 14
img
‘तीनै सरकारबीच समन्वय हुनुपर्ने’

प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताउनुभयो । उहाँले जनतालाई सरकारको अनुभूति दिन पनि तीनवटै सरकार मिलेर अघि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो । 

by RSS | Feb 10
img
पुनःनिर्माणमा स्थानीय तहसँग समन्वय भएन

सम्पदा, विद्यालय, स्वास्थ्यचौकीलगायत संरचनाको पुनःनिर्माणमा अझैसम्म स्थानीय तहसँग समन्वय भएको छैन । विसं २०७२ को भूकम्पपछि पुनःनिर्माण शुरु हुँदा स्थानीय तह जनप्रतिनिधिविहीन थियो । अहिले निर्वाचित भएर आएको लामो समय बित्दासमेत समन्वय हुननसकेको समबद्ध जनप्रतिनिधि बताउँछन् । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष बित्दासमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय सरकार

by RSS | Dec 21
img
समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ । प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा आगामी चैतभित्रमा विद्युत् उपलब्ध गराउने वचन दिए पनि सेज आफैँले निर्माण गर्नुपर्ने सवस्टेशन निर्माणमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएको हो । 

by RSS | Jan 21
img
प्रदेश नं ३ का सांसदले नुवाकोट र रसुवा भ्रमण गर्ने

प्रदेश नंं ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् । यही माघ ७ र ८ गते निर्धारण भएको दुईदिने कार्यक्रमअन्तर्गत दुई जिल्लाका समन्वय समितिले छुट्टाछुट्टै कार्यक्रममार्फत ३ नंं प्रदेशका सांसदलाई सम्मान तथा बधाई दिन लागेका हुन् ।

by RSS | Jan 19
img
बाढीपीडितलाई कपडा वितरण

मोरङ बेलबारी नगरपालिका– १ र केराबारी गाउँपालिका–९ का बाढीपीडितलाई आज सिरक, झुल, टोपी र मोजा वितरण गरिएको छ । पुसको कठ्यांगिँदो चिसोमा कष्टकर जीवन बिताउन बाध्य बनेका २२ परिवारलाई वर्षा नेपाल पूर्वाञ्चलको सहयोग र मायालु हात मोरङ नामक संस्थाको समन्वयमा सो सहयोग गरिएको हो । 

by RSS | Dec 29
img
पाँच महिनादेखि जिसस जुम्ला समन्वय अधिकारीविहीन

जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारीविहीन रहेको छ । गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा सञ्चो नभएको भन्दै जिल्ला बाहिरिएपछि न उहाँ फर्कनु भयो न त अर्को कर्मचारी मन्त्रालयले जुम्लामा खटायो । अहिलेसम्म समन्वय समितिले जिल्ला समन्वय अधिकारी पाउन सकेको छैन । 

by RSS | Dec 17

LATEST NEWS