img
कानूनी सल्लाहकार नहुँदा समस्या

जिल्लाका अधिकांश स्थानीय तहमा लामो समयदेखि कानुनी सल्लाहकार नहुँदा त्यहाँका न्यायिक समिति अलमलमा पर्ने गरेका छन् । नौ वटा स्थानीय तह रहेको डोटीमा अहिलेसम्म पनि कुनै स्थानीय तहले कानुनी सल्लाहकार राख्न सकेका छैनन् । यति मात्र नभई यहाँका स्थानीय तहमा गठन गरिएका न्यायिक समितिले इजलाससमेत बनाउन सकेका छैनन् ।

by RSS | May 16
img
दलित बस्तीमा खानेपानी समस्या

तपार्इं हामीलाई पानी लिन जाँदा एक घण्टा लाग्छभन्दा अचम्म लाग्न सक्छ । तर बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर २५ घर रहेको पुष्पगाउँका दलित बस्तीमा भने कुनै तन्त्रले छोएको छैन ।

by RSS | May 16
img
दार्चुलाको खलङ्गा राष्ट्रिय प्रसारण प्रणालीमा, भोल्टेजको समस्या हट्ने

गरे के हुँदैन । राजनीतिक नेतृत्वको इच्छाशक्ति र काम गर्ने निकायका कर्मचारीको इमान्दार प्रयास भए जस्ता सुकै अप्ठ्यारा काम पनि सम्पन्न गर्न सकिन्छ । लामो समयदेखि नेपालकै विद्युत् उपयोग गर्न पाउनु पर्ने माग राख्दै आएका दार्चुलावासीका लागि खुशीको खबर छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको सदरमुकाम खलङ्गामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन आजदेखि जोडेको छ ।

by RSS | May 15
img
दुई बगानमा समस्या उस्तै

आन्दोलनरत चिया श्रमिक र उद्योगीबीच नयाँ श्रम ऐन कार्यान्वयन गराउने सहमति भए पनि इलामका दुई बगानका श्रमिक भने अझै काममा फर्किन सकेका छैनन् । साङ्घाई ग्रुपले भाडामा लिएको इलामका चार बगानमध्ये इलाम सदरमुकामस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिकसँग भने साङ्घाईं ग्रुपले ‘सरकारले तोकेको न्यूनतम ज्याला दिन नसकिने’ बताएपछि श्रमिक काममा नफर्किएका हुन् ।

by RSS | May 15
img
सामुदायिक विद्यालयमा समस्याका चाङ

सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन । चितवनका सामुदाय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले भने सरकारी विद्यालयमा समस्या चाङ रहेको गुनासो गरेका छन् ।

by RSS | May 12
img
आगोले पोलिएका बालकको उपचारमा समस्या

दुर्गम हिमाली जिल्ला हुम्लामा जटिल बिरामीलाई उपचारमा उपकरण नहुँदा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महीनाको नाबालक छोरा आगोमा परी दुबै खुट्टा पोलिएको छ । उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइएपनि जिल्लामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर पठाइएको जिल्ला अस्पतालका मानबहादुर रोकायाले जानकारी दिनुभयो ।

by RSS | May 08
img
बु्रमर सञ्चालनमा समस्या

काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि बु्रमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन । काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले बु्रमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ ।

by RSS | May 06
img
तीनसय बढी महिलाको पाठेघर उपचार

कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ । यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी दिनुभयो ।

by RSS | May 05
img
ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ अचूक औषधि  

कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।

by Anu Rana | Apr 30
img
ग्रामीण भेगमा पाठेघर समस्या

पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उहाँले भन्नुभयो, “सधँै गनाउने सेतोपानी झर्ने, ढाड दुख्नेजस्ता लक्षण देखिएकाले स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो ।” त्यस्तै अर्का स्थानीय ६५ वर्षीया काली बुढाको पनि स्वास्थ्य परीक्षणमा पाठेघरकै समस्या देखियो ।

by RSS | Apr 25
img
मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी

मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।

by RSS | Apr 19
img
घुर्ने समस्याले तनाव त भएको छैन ? बानी हटाउने उपाय

अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ। घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन ।

by Anu Rana | Apr 07
img
बैंक स्थापना नहुँदा सेवाग्राहीलाई समस्या

जाजरकोटका तीन स्थानीय तहमा बैंक स्थापना नहुँदा सो सम्बन्धी कारोवारका लागि स्थानीयवासी सदरमुकाम खलङ्गा जान बाध्य छन् । बैंक कारोबारका लागि सुरक्षा व्यवस्था प्रभावकारी नहुँदा जिल्लाका जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकामा बैंक स्थापना हुन नसकेको हो । ती गाउँपालिकाको बैकिङ्ग कारोवारदेखि कार्यालय सञ्चालन समेत सदरमुकामबाट नै हुँदै आएको छ ।

by RSS | Mar 31
img
स्थायी बसपार्क कार्यान्वयनमा समस्या

हालै सञ्चालनमा ल्याइएको पाँचथरको फिदिम–२, पल्लोटारस्थित स्थायी बसपार्कको कार्यान्वयनमा समस्या देखिएको छ । शहर विस्तार हुने अनुमानका आधारमा फिदिम बजारबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको पल्लोटारमा निर्माण गरिएको बसपार्क कार्यान्वयनमा समस्या भएको हो । दुई दशक अघि निर्माण थालेर गत मङ्सिरबाट सञ्चालनमा ल्याइएको बसपार्कमा यात्रु पुग्न कठिनाइ परेको छ ।

by RSS | Mar 25
img
‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’

प्रदेश नं ५ का भौातिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभएको छ । मङ्गलबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्रदेश नं ५ कमिटीले बुटवलमा गरेको अन्तरक्रियामा उहाँले यातयातलाई व्यवस्थित गर्न प्रदेश नं ५ मा रहेको बाटोलाई व्यवस्थित बनाउने गरी काम अघि बढेको छ भन्नुभयो ।

by RSS | Mar 06
img
पाठेघर खस्ने समस्यामा सुधारोन्मुख

तराई÷मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करीब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका पाठेघर खस्ने समस्या पाइएको देखाएको छ । 

by RSS | Mar 05
img
गोर्खा सैनिकको समस्याबारे अध्यक्षको चासो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गर्नुभएको छ । आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

by RSS | Feb 22
img
फैसला कार्यान्वयनमा समस्या

अदालतबाट भएका फैसला कार्यान्वयनमा तीव्रता दिने उद्देश्यले चालू आव २०७५/७६ लाई फैसला कार्यान्वयन वर्ष घोषणा गरिए पनि दाङमा त्यसअनुरुपको प्रगति हुनसकेको छैन । यस वर्ष विगतजस्तै न्यून मात्रामा फैसला कार्यान्वयन भएका छन् । जिल्ला अदालतले दशकौँ अघि फैसला गरे पनि कार्यान्वयन हुननसकेका मुद्दा यस वर्ष पनि कार्यान्वयन हुन बाँकी छन् ।

by RSS | Feb 06
img
युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ । १७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नुभएकी उहाँले जम्माजम्मी चार सन्तान हुर्काउनुभयो । सन्तान सँगसँगै रोग पनि हुर्किएको उहाँले थाहा पाउनुभएन ।

by RSS | Jan 13
img
सिक्टामा माटोमै समस्या रहेको विदेशी विज्ञको भनाइ

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् । विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको जानकारी दिँदै आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भन्नुभयो, “उहाँहरूले फिल्डमै गएर

by RSS | Dec 20