img
राष्ट्रपति चीन भ्रमणः तीन कार्यक्रममा सहभागी हुने

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुनुहुने भएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गते नौदिने भ्रमणमा त्यहाँ प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यसअघि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले चीनको भ्रमण गर्नुभएको थियो ।

by RSS | Apr 21
img
एकसय एक्काइस विद्यार्थी एसईईवाट वञ्चित

परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ । 

by RSS | Mar 18
img
एसइई परीक्षामा पाँच हजार ८०० विद्यार्थी

यस वर्षको एसइई परीक्षामा बैतडीमा पाँच हजार ८०० बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने उक्त एसइई परीक्षामा दुई हजार ७३६ छात्र र तीन हजार १५८ छात्रा गरी पाँच हजार ८९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोशीले जानकारी दिनुभयो । 

by RSS | Mar 15
img
मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको हो ।

by RSS | Feb 22
img
समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ । सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन ।

by RSS | Feb 22

LATEST NEWS