img
अष्ट्रेलियाको सेज एजुकेशनको सेवा अब काठमाडौंमै

अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको सेज एजुकेशन सर्भिसेजको सेवा काठमाडौंमै उपलब्ध हुने भएको छ । नेपालमा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीहरुका लागि सिड्नीबाटै सेवा दिँदै आएको सेजले काठमाडौंमा शाखा विस्तार गरी सेवा दिन थालेको हो ।

by Anu Rana | Feb 12
img
चार दिनदेखि हवाई सेवा ठप्प

दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ । बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो । लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ पन्छाउने कार्य शनिबारदेखि शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

by RSS | Feb 10
img
सञ्चार सेवा अवरुद्ध

दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि जिल्लाको फोन सञ्चार अवरुद्ध भएको हो । जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटरटावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार अवरुद्ध रहेको हो ।

by RSS | Feb 08
img
टेलिकमको ‘प्रिपेड’मा पनि भारत र चीनमा रोमिङ सेवा  

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा माघ २२ गतेदेखी प्रिपेड सेवामा समेत उक्त सुविधा दिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ ।

by Anu Rana | Feb 07
img
सिद्धार्थ इन्स्योरेन्सले सुरु गर्यो तीन नयाँ बीमा सेवा

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड २००६ सालमा स्थापन भएको हो र आज यो नेपालको सबैभन्दा विश्वासिलो बीमा कम्पनिको रुपमा उभिएको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड नेपालको एउटा नम्बर १ बीमा कम्पनि हो । यसका ६० वटा शाखा नेपालभरि फैलिएका छन् र यसको मुख्य अफिस काठमाडौँको बबरमहलमा छ ।

by Anu Rana | Feb 05
img
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ । विविध कारणले सो प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा राज्यमन्त्री डा सुरेन्द्र यादवलाई दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले आइतबार सो प्रतिष्ठानको स्थितिबारे ध्यानाकर्षण गराएपछि मन्त्रालयले सो जानकारी दिएको हो । 

by RSS | Jan 28
img
ठूला उद्योगलाई विषेश सेवा

हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर विषेश सेवा शुरु गरेको नेपाल विद्युत् प्राधिकरण विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले जनाएको छ । उक्त कार्यलयले उद्योगहरूको रिमोट मिटर रिडिङ गर्ने गरेको र रिमोट मिटर रिडिङका लागि आवश्यक तयारी पूरा गरेर बिल भुक्तानीसमेत शुरु गरेको बताइएको छ ।

by RSS | Jan 25
img
तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पु¥याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो । मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ ।

by RSS | Jan 25
img
पठाओ ले नेपालमा बाइक सेयरिङ सर्भिस सेवा दिदै  

केही समयदेखि राजधानीमा ‘टुटल र पठाओ’ यो सेवा चल्दै आएको छ । सरल भाषामा यसलाई ट्याक्सी मोटरसाइकलको नाम दिइएको छ । यो एक प्रकारको मोबाइल एप्लिकेसन हो । उनीहरू मोटरसाइकलमार्फत ट्याक्सीको जस्तै सेवा दिन्छन् । यात्रुले चाहेको गन्तव्यमा पुर्याएर आफूले आम्दानी गरेका हुन् भने यात्रुलाई सहज बनाएका छन् ।

by Anu Rana | Jan 14
img
सबै स्थानीय तहमा बैंकिङ सेवा

पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो ।

by RSS | Jan 09
img
अनलाइन सेवा विस्तार हुँदै

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ ।उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सो सेवा उपलब्ध गराएको होे । 

by RSS | Jan 04
img
सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु–याउन माग

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ/सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका

by RSS | Dec 31
img
सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा सिंह निर्वाचित

सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा राकेश सिंह निर्वाचित हुनुभएको छ । केन्द्रको आज बिहान सम्पन्न मतगणनाअनुसार सिंहले ५३० मत ल्याई निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रनरसिंह अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी लीलाप्रसाद ढकालले ४०९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रथम उपाध्यक्षमा लक्ष्मण न्यौपाने, द्वितीय उपाध्यक्ष लवप्रसाद ढुङ्गाना,

by RSS | Dec 30
img
कन्सुलर सेवाबारे नेपाली श्रमिकलाई जानकारी

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई दूतावासका तर्फबाट उपलब्ध गराइने सम्पूर्ण सेवाका बारेमा जानकारी गराएको छ । नेपाली दूतावासले आइतबार स्थानीय मेलाका र जोहोर राज्यमा आयोजना गरेको सचेतना कार्यक्रममा श्रमिक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

by RSS | Dec 25
img
कर्णालीका १७ स्थानीय तह बैंकविहीन

नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन् । सुरक्षा, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् । कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन् ।

by RSS | Dec 21
img
कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन् । दिउँसो वडा कार्यालयमा कामका लागि पुग्नुभएकी रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताउनुभयो । “मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि वडा कार्यालयमा सेवा लिन पुगेँ”, उहाँले भन्नुभयो । 

by RSS | Dec 20
img
मोबाइल एप्स् सेवा सञ्चालन

घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी बाँकेको खजुरा गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश साहुले जानकारी दिनुभयो । सो मोबाइल एप्लीकेशनको एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले मङ्गलबार विधिवत् रुपमा शुभारम्भ गर्नुभयो ।

by RSS | Dec 19
img
सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती

तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो ।

by RSS | Dec 19
img
बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध

गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो । कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख सुरत खड्काले जानकारी दिनुभयो ।

by RSS | Dec 18
img
दण्ड जरिवाना नबुझाउनेलाई सार्वजनिक सेवामा रोक

अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ । जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक सेवामा रोक लगाउने व्यवस्था गर्न लागिएको हो । कैद वा जरिवाना तथा सरकारी बिगो नतिरेका व्यक्तिको पहिचान हुने भएकाले

by RSS | Nov 19