img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।

by RSS | May 21
img
पाँचथर घटनाका दोषीलाई कारवाही माग

प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दाेष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

by RSS | May 21
img
जेठमा बिस्केट जात्रा

स्थानीय जात्रा, पर्व र परम्परालाई पाठ्यक्रममा समेट्दै वैशाख १ गते नयाँ वर्षको झल्को दिँदै विद्यार्थीले गठ्ठाघर क्षेत्रमा बिस्केट जात्रा मनाएका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित सिभिएम स्कूलको आयोजनामा विद्यार्थीले स्कूल परिसरमा आज लिङ्गो उठाएर भैरवको रथ तान्दै गठ्ठाघर क्षेत्रको परिक्रमा गराएका छन् ।

by RSS | May 21
img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।

by RSS | May 21
img
सामुदायिक विद्यालयमा सुधार

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएको छ । स्थानीय तह र गैरसकारी संस्थाको समन्वयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भएपछि शैक्षिक अवस्थामा सुधार आएको हो । पढाइ राम्रो हुँदैन, शिक्षक योग्य हुँदैनन् भन्ने सोचले यहाँका अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका थिए । विद्यालयमा हिजोआज विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १७० सामुदायिक विद्यालय छन् ।

by RSS | May 21
img
माटोका नमूना परीक्षण

कञ्चनपुरको भीमदत्त नगरपालिकामा माटोको ६०० नमूना परीक्षण गरिएको छ । माटोका नमूना परीक्षण अभियानअन्तर्गत भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘घुम्ती माटो परीक्षण शिविर’ कार्यक्रममा १६ वटै वडाका विभिन्न स्थानका माटोको ६०० नमूना परीक्षण गरिएको हो ।

by RSS | May 21
img
सहज बन्दै पुनःनिर्माण

नुवाकोटका २३ हजार ८८ सय घरधुरीलाई सामाजिक तथा प्राविधिक सहजीकरण तथा परामर्श प्रदान गर्न नुवाकोट जिल्लामा सञ्चालित परियोजनाले उद्देश्यअनुरुप सबै सुविधा घरधनीलाई प्रदान गर्न थालेको छ । उक्त परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस(युएनओपिएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा ल्याएको हो ।

by RSS | May 21
img
आलेख : स्वास्थ्य कार्यक्रमले किशोरकिशोरीको मनोबल बढायो

चौध वर्षीया संगीता धामीलाई महिनावारी हुँदा निकै पेट दुख्छ । उनी घरमा अभिभावकलाई पनि खुलेर भन्न सक्दिनन्, विद्यालय नजीकै रहेको स्वास्थ्य संस्थामा उपचारमा जान पनि हिम्मत गर्दिनन् । एकदिन उनलाई विद्यालयमा निकै गा¥हो भयो । के भयो भनेर शिक्षकले सोध ।

by RSS | May 21
img
मृत अवस्थामा महिला फेला

दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताउनुभयो । मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

by RSS | May 21
img
पूर्वखोला जल्पामा खानेपानी व्यवस्था हुने

खानेपानीको समस्या भएको पूर्वखोला गाउँपालिका वडा नम्बर २ मा अब लिफ्टिङमार्फत खानेपानीको व्यवस्था गर्न लागिएको छ । प्रदेश नम्बर ५ प्रदेश सरकारको समन्वय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाको प्राविधिक सहयोग र स्थानीयवासीको पहलमा करीब रु ९० लाखको लागतमा खानेपानी योजना सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो ।

by RSS | May 21
img
एबिसीमा पुनर्निर्माणले गति लियो

अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् ।

by RSS | May 21
img
अठचालीस मेनपावरको कारोवार बन्द

तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोवार बन्द गरेको हो ।

by RSS | May 21
img
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

दाङको  राजपुर गाउँपालिकाले  सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो । “अझै पनि घरमै बच्चा जन्माउने चलन रहेकाले यसलाई न्यूनीकरण गर्न हामीले सुत्केरीलाई ल्याउन घरसम्मै एम्बुलेन्स पु¥याउने व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो ।

by RSS | May 21
img
सिंहदरबारको झल्को दिँदै गाउँपालिका

गाउँमै सरकारी सेवा सुविधा सहज रुपमा पाउन थालेपछि स्थानीयवासीले सिंहदरबार अब गाउँमै पुगेको अनुभूति गर्न थालेका छन् । सार्वजनिक सेवा र सुविधा आफ्नै घरआँगनमा सजिलैसँग पाउन थालेपछि बाँकेका जानकी गाउँपालिकाका स्थानीयवासीले सिंहदरबार गाउँमै पुगेको अनुभूति गर्न थालेका हुन् ।

by RSS | May 21
img
धादिङ अस्पताललाई वाटर डिस्पेन्सर प्रदान

धादिङबेसी बजारस्थित महालक्ष्मी विकास बैंकले आज धादिङ अस्पताललाई तीन थान वाटर डिस्पेन्सर उपलब्ध गराएको छ । उक्त बैंकको २५ औँ वार्षिकोत्सवका अवसरमा प्रबन्धक खिलप्रसाद सिलवालले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा महेन्द्र धमलालाई बिरामीहरूका लागि तातो चिसो पानी खुवाउन सकिने सो डिस्पेन्सर हस्तान्तरण गर्नुभएको थियो ।

by RSS | May 21
img
गोकर्णेश्वरमा पाँचदिने योग शिविर

‘गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारकमा पाँचदिने निःशुल्क योग शिविर शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद स्मारक र पतञ्जलि योग समितिको संयुक्त आयोजनामा आजदेखि शुरु भएको शिविर बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा नगर क्षेत्रका २०० मानिसको सहभागिता छ ।

by RSS | May 21
img
गाई बाँड्दै रेडक्रस

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि वितरण गरिएको छ ।

by RSS | May 21
img
गाई बाँड्दै रेडक्रस

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि वितरण गरिएको छ ।

by RSS | May 21
img
अभद्र व्यवहार गर्ने विद्यार्थी पक्राउ

प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् ।

by RSS | May 21
img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

by RSS | May 21