img
काभ्रेपलाञ्चोकका चार अवैधानिक ‘खानी’ बन्द

जिल्लामा वर्षौँदेखि दर्ता नगरी अवैधानिकरूपमा सञ्चालन गर्दै आइएका चार रोडा–ढुङ्गा खानी बन्द गरिएको छ । दर्ता नभई सञ्चालित उद्योग तथा खानी बन्द गराउने जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयअनुसार ती रोडा–ढुङ्गा खानी बन्द गरिएको हो ।

by RSS | May 16
img
यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको हो ।

by RSS | May 15
img
ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट

प्रहरीले चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ५६५ लिटर तयारी अवैध घरेलु मदिरा र १०० लिटर मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

by RSS | May 15
img
अवैध ढुङ्गा उत्खननले चुरे दोहन बढ्यो

बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति, जनप्रतिनिधि र स्थानीय प्रशासनसँगको मिलेमतोमा अवैध ढुङ्गा प्रयोग गरिरहेको स्थानीयवासीको भनाइ छ ।

by RSS | May 08
img
सुन बरामद

उत्तरी नाका रसुवागढीबाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन टिमुरेमा आज प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी भन्सार राजश्व गुल्म टिमुरेका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार केरुङबाट ना६ख ९०६८ नंको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध सात केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्तीले बरामद गरेको हो ।

by RSS | Apr 24
img
अवैध हतियार सङ्कलन

जिल्लामा ५६ थान अवैध हतियार सङ्कलन गरिएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र २३ थान तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमको अभियानमार्फत ३३ थान हतियार सङ्कलन गरिएको हो । सङ्कलन गरिएका हतियार आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

by RSS | Apr 22
img
अवैध सुनसहित चार पक्राउ

महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो ।

by RSS | Mar 19
img
अवैध उत्खनन रोक्न अनुगमन समिति

चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ । पहिलोपटक नगरभित्रका दुई खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले अवैध उत्खनन रोक्न अनुगमन समिति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नै संयोजकत्वमा जिल्लाका सरोकारवाला रहने गरी अनुगमन समिति निर्माण गर्न लागेको बताउनुभयो ।

by RSS | Feb 12
img
अवैध भट्टीमा प्रहरीको छापा, हजारौँ लिटर मदिरा बरामद

अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा महानगरीय प्रहरी वृत्त बौद्धले आज छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ । अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना र अराजक गतिविधि निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो । प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती र काठमाडौँ महानगरपालिका–६ नागेश्वरगल्लीमा

by RSS | Jan 03
img
मादी नदीबाट अवैध ढुङ्गा बालुवा निकासी

कास्कीको मादी नदी किनारस्थित कुनाकोमुख र मादबेँसी क्षेत्रबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी–निकासी हुने गरेको तथ्य खुलेको छ । लमजुङसँग सीमा जोडिएको रूपा गाउँपालिका–७ अन्तर्गत पर्ने सो क्षेत्रबाट गएको दुई महीनादेखि लगातार दिनमा तथा रातको समयमा समेत नदीबाट ढुङ्गा, बालुवा निकालेर लैजाने गरेको सूचनाका आधारमा बुधबार गरिएको अुनगमनका क्रममा ठूलो परिमाणमा

by RSS | Dec 20
img
अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो

अरुण गाउँपालिका –६ मा पर्ने अरुण नदीको किनारमा तीन वर्षदेखि अवैध रुपमा सञ्चालनमा आएको क्रसर उद्योग अझै कानुनी दायरामा आएको छैन । लेगुवा – भोजपुर सडक कालोपत्रे योजनाका लागि भन्दै विनाअनुमति क्रसर उद्योग सञ्चालन भइरहेको हो । तत्कालीन जिल्ला विकास समितिले पटक पटक कानूनी दायरामा आउनका लागि ताकेता गर्दा पनि उद्योग कानुनी प्रक्रियामा आएको छैन ।

by RSS | Oct 01
img
जनप्रतिनिधिकै आडमा अवैध सुनकोसी दोहन

सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित सुनकोसी नदीमा अत्याधिक दोहन गरि ढुङ्गा बालुवा उत्खनन् गर्न थालेपछि अवैध उत्खनन बन्द गरिएको छ। गाँउपालिकामा बैठक बसी सुनकोसी नदीमा अवैध रुपमा उत्खनन् गर्न भग्रेती मेसिन र ट्रिफर नदीमा पसेपछि गाँउपालिकाले यस्तो निर्णय लिएको हो।

by Anu Rana | May 16
img
अवैध बालुवा निकासीले कर्णालीलाई खतरा

गत दुई महिनादेखि दर्जनौं ट्रयाक्टरहरूले कर्नाली नदीको तिरबाट अवैध रूपमा ढुङ्गाहरू र बालुवा ढुवानी गरिरहेका छन् । तस्करहरूले टाकिपुर र राजापुर जोडिएको पुल नजिकैको नदीबाट ढुङ्गा र बालुवा अवैध रूपमा निकालेको बताउछन्, तर अधिकारीहरूले यस अवैध काम रोक्न कुनै पनि पाइला नै उचालेका छैनन ।

by Anu Rana | Mar 23
img
सशस्त्र द्धारा ४ महिनामा सवा २ करोडको अबैध सामान बरामद

सशस्त्र प्रहरी बल मध्य क्षेत्रीय कार्यालयले गत ४ महिनामा करिब सवा २ करोड रुपैयाँको अवैध सामान बरामद गरेको छ। गत मंसिर, पुस, माघ र फागुनमा गरी कार्यालयले २ करोड १९ लाख २३ हजार ५ सय ११ रुपैयाको अवैध सामान बरामद गरेको कार्यालय स्रोतले जनाएको छ।

by Anu Rana | Mar 17
img
तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । 

by RSS | Feb 12
img
क्षयरोग केन्द्रको लाखौँको माटो अवैधरुपमा बिक्री

राष्ट्रिय क्षयरोग केन्द्र थिमिले निर्माण गर्न लागेको अस्पतालको नयाँ भवनबाट झिकिएको लाखौँ मूल्य बराबरको माटो अवैधरुपमा बिक्री भएको खुलासा भएको छ । क्षयरोग केन्द्र, प्रहरी र ठेकेदारको मिलेमतोमा लाखौँ रुपैयाँ बराबरको माटो अवैधरुपमा बिक्री भएको मध्यपुरथिमि नगरपालिका र स्थानीय बासिन्दाले बताएका छन् ।

by RSS | Jan 07
img
तेह्र किलो ५०० ग्राम गाँजासहित एक महिला पक्राउ

भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहिवार पक्राउ गरेको हो ।

by RSS | Jan 05
img
प्रहरीद्वारा अवैध मदिरा बरामद

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीसहितको संयुक्त टोलीले नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो । 

by RSS | Nov 15
img
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो । 

by RSS | Nov 15

LATEST NEWS