img
घलेम्दीको आइपिओ बिक्री सुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ ।

by RSS | Jan 03
img
बुधबारदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो ।

by RSS | Nov 13
img
एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन

by RSS | Nov 06
img
मध्यभोटेकोशीको आइपिओ बिक्री गर्दै

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाले रु एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण शेयर बिक्री गर्न लागेको हो ।

by RSS | Oct 23
img
हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै

हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयरबिक्री गर्न लागेको हो ।

by RSS | Oct 10
img
रसुवागढी र साञ्जेनको सीमित आइपिओमा छ गुणा बढी आवेदन

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ)मा छ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका अनुसार कूल रु छ अर्ब ६२ करोड आठ लाख बराबरको आवेदन परेको जानकारी दिनुभयो ।

by RSS | Mar 15
img
रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् ।

by RSS | Feb 22
img
एक महिनापछि मात्र साञ्जेन र रसुवागढीको साधारण शेयर

कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको साधारण शेयर (आइपिओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ ।

by RSS | Jan 19

LATEST NEWS