img
आठौँ राष्ट्रिय खेलकूद ः फुटबलप्रति दर्शकको आकर्षण

नेपालगञ्ज रङ्गशालामा लामो समयपछि फुटबलप्रति दर्शकको रौनक देखिएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलका सेमिफाइनल खेल हेर्न नेपालगञ्जवासी मात्र नभई बाँके र बर्दियाका ग्रामीण क्षेत्रबाट समेत दर्शक खेल हेर्न रङ्गशाला पुगेका थिए । वार्षिकरुपमा नेपालगञ्ज गोल्डकप प्रतियोगिता हुने भए पनि अहिले जारी राष्ट्रिय प्रतियोगिताले दर्शकको रुचि बढाएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनुभयो

by RSS | Apr 23
img
आठौँ राष्ट्रिय खेलकूद ः आर्मीको अग्रता कायमै

प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो लागिसकेको छ ।

by RSS | Apr 23
img
म्याराथनमा कृष्ण र राजपुरा च्याम्पियन

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा भएको म्याराथनमा पुरुषतर्फ आर्मीका कृष्ण बस्नेत र महिलामा नेपाल पुलिसकी राजपुरा पछाईले स्वर्ण जितेका छन् । दाङको बेलझुण्डीमा भएको ४२ दशमलव १९५ किलोमिटरको म्याराथन दौडमा कृष्णले निर्धारित दूरी २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पूरा गरे । कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक पाए ।

by RSS | Apr 23
img
आठौँ राष्ट्रिय खेलकूद ः तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् ।

by RSS | Apr 22
img
आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत खेलहरू आजदेखि शुरु

प्रदेश नं. ५ मा आगामी वैशाख ५ देखि औपचारिकरूपमा उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतका पाँच खेलहरू आजदेखि शुरु हुने भएका छन् । औपचारिक उद्घाटन वैशाख ५ मा हुने भए पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि शुरु गर्न लागिएको राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले जनाएको छ ।

by RSS | Apr 10
img
आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार बसेको बैठकले

by RSS | Jan 03
img
प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो । आगामी माघ महीनामा प्रदेश नं–५ मा हुने राष्ट्रिय खेलकूदमा सहभागी हुनका लागि जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशमा

by RSS | Dec 24