img
प्रमबाट भियतनामी उद्यमीलाई नेपालको सम्भावनाको उपयोग गर्न आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेपाल आफ्नो स्रोत, क्षमता र सम्भावनाबारे विश्वस्त भएको र नेपाली जनता घरेलु प्रयास तथा अन्तर्राष्ट्रिय सहयोगमा यसलाई समृद्ध बनाउन दृढ भएको बताउनुभएको छ । भियताम – नेपाल व्यवसाय मञ्चलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई बलियो बनाएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउनुभयो ।

by RSS | May 12
img
प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ ।

by RSS | May 12
img
‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा कार्यान्वयन गर्न आह्वान

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा कार्यान्वयनमा सहयोग पु¥याउन भूतपूर्व सैनिकलाई आह्वान गर्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ केन्द्रीय सञ्चालक समितिको पाँचौँ महाधिवेशन समापन समारोहमा रक्षामन्त्री पोखरेलले भन्नुभयो, “भूतपूर्व सैनिक जनशक्तिले देशको प्रतिष्ठा र समाजको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।”

by RSS | May 12
img
चार्जिङ स्टेशन निर्माणका लागि प्रस्ताव आह्वान

नेपाल विद्युत् प्राधिकरणले सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गर्नका लागि सार्वजनिकरुपमा नै प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र पहिलो चरणमा चार्जिङ स्टशेन निर्माणका लागि आज सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको हो । पछिल्लो समय वातावरण विभागको संयोजनमा काठमाडौँ उपत्यकाका सात स्थानमा स्टेशन निर्माणको काम शुरु भइरहेको छ ।

by RSS | May 03
img
राप्रपालाई वार्तामा आउन आह्वान

सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई संयोजक तोक्नुभएको छ । मन्त्री ढकालले राप्रपालाई वार्ताका लागि यही वैशाख १० गते अपराह्न १ बजे वार्ताका लागि लिखित पत्रसमेत पठाइसक्नुभएको छ ।

by RSS | Apr 22
img
बुटवल पावरद्वारा एफपिओ बिक्रीको म्याद थप

बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको छ । कम्पनीले रु दुई अर्ब बराबरको एफपिओ जारी गरेकामा अझै रु ८० करोड बराबरको एफपिओ बिक्री भएको छैन ।

by RSS | Feb 09
img
प्रदेशसभाको बैठकको तयारी तीव्र

सात नम्बर प्रदेशसभाको बैठक बस्ने स्थल तोकिएको जिल्ला समन्वय समितिको कार्यालय धनगढीको सभा कक्षको पुनःनिर्माण एवं मर्मत कार्य तीव्ररुपमा अघि बढाइएको छ । यही माघ २१ गते दिउँसो १ः० बजे ७ नम्बर प्रदेशसभाको ऐतिहासिक पहिलो बैठक प्रदेश प्रमुख मोहनराज मल्लले यसअघि नै आह्वान गरिसक्नुभएको छ । 

by RSS | Jan 31

LATEST NEWS