img
चन्द्रागिरि न्यायिक समितिमा ३५ उजुरी

चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्ष २०७५÷७६ मा ३५ उजुरी दर्ता भएको छ । सकेसम्म उजुरीमाथि मेलमिलापकै माध्यमबाटै निरुपण गर्ने गरिएको र मिल्दै नमिल्ने मुद्दा मात्र अदालतमा पठाउने गरिएको नगर उपप्रमुख लिसा नकर्मीले बताउनुभयो । हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गरी मुद्दा किनार लगाउने काम भएकाले उजुरी न्यून पर्ने गरेको बताइएको छ ।

by RSS | May 07
img
अख्तियारको उजुरी फछ्र्याैट

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले चालू आर्थिक वर्ष २०७५÷०७६ को आठ महीनामा झण्डै ५० प्रतिशत भ्रष्टाचारका उजुरीको फछ्र्याैट गरेको छ । आयोगमा विभिन्न तहबाट आएका एक हजार एक वटा प्रारम्भिक उजुरीमध्ये चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४९२ उजुरी फछ्र्याैट गर्न सफल भएको आयोगको बुटवल कार्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

by RSS | Mar 25
img
सात महीनामा १५जबर्जस्ती करणीको उजुरी

चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति प्रहरीमा उजुरी परेपश्चात प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको छ । 

by RSS | Mar 01
img
मुस्लिम आयोगका अध्यक्षविरुद्ध चार उजुरी

संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध उजुरी परेको छ भने अन्य चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन । संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरुविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध मात्र उजुरी परेको र बाँकी चारजना विरुद्ध कुनै पनि उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

by RSS | Feb 17
img
अख्तियारमा एक वर्षमा १९ हजार उजुरी  

सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २८औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले राष्ट्रपतिसमक्ष २ सय ४७ पृष्ठको प्रतिवेदन बुझाएका हुन् ।

by Anu Rana | Dec 25
img
आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो । कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास गर्न असहज भएको भन्दै उजुरी आइरहेको हो ।

by RSS | Dec 13
img
विद्युतीय माध्यमसम्बन्धी उजुरी धेरै

पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५÷७६ को गत साउनदेखि असोज मसान्त सम्ममा विद्युतीय माध्यममा ३७ वटा र छापा माध्यममा १४ वटा गरी ५१ वटा उजुरी परेका हुन् । विद्युतीय माध्यममा परेका ३७ वटा उजुरीमध्ये ११ वटा फछ्यौट भएको र २६ वटा कारबाही प्रक्रियामा

by RSS | Oct 24
img
लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिक ११ देखि

पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्याैट भएको छ । निजी अवास पुनः निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार ८५ जनाले स्थानीय तहको वडामार्फत गुनासो दर्ता गराएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । गुनासो आउने क्रम अझै जारी छ । प्राधिकरणको टोल फ्री नं र हेलो सरकारबाट पनि उजुरी आउने गरेको छ ।

by RSS | Oct 14
img
बहुविवाह बढ्दो भए पनि उजुरी न्यून

रोल्पामा बहुविवाहको क्रम बढ्दो भए पनि बहुविवाहविरुद्ध न्यून उजुरी पर्ने गरेको छ । जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार दुई आवमा तीनवटा मात्र बहुविवाहका मुद्दा दर्ता भएका छन् जसअन्तर्गत यस आवमा दुईवटा तथा गत आवमा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालले जानकारी दिनुभयो । 

by RSS | Feb 14
img
के भारतीय अभिनेता जीतेन्द्रले गरे आफ्नो नातेदारको यौन दुर्व्यवहार?

एक चौंकाने घटनामा, जेठेन्द्रको विरूद्ध यौन दुर्व्यवहार उजुरी दावी गरेको छ।  भारतीय  अभिनेता जितेन्द्रलाई उनका एकजना नातेदारले यौन शोषण गरेको आरोप लगाएकी छिन् ।   जितेन्द्र साठीको दशकका स्टार मानिन्छन । उनले भने  यो आरोप निराधार भएको दावी गरेका छन् ।

by Anu Rana | Feb 10
img
जिल्ला वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी

काठ लिलामीमा कार्यालय प्रमुख सहितका कर्मचारीले आर्थिक प्रलोभनमा परी अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुुुुसन्धान आयोगमा जिल्ला वन कार्यालय सुनसरीविरुद्ध उजुरी परेको छ । 

by RSS | Feb 01
img
निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कारबाही

निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको र ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको बताउनुभयो । 

by RSS | Jan 10
img
न्यायाधीश पैसामा बिकेको आरोपसहित ९२ वर्षीया वृद्धाको उजुरी

ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी दिएको एक वर्ष भन्दा बढी समय व्यतित भइसक्दा पनि त्यसमा सुनुवाइ भएको छैन । 

by RSS | Dec 11
img
उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन आयोगले बिहीबार दर्ता भएको उम्मेदवारीविरुद्ध उजुरी दिनका लागि शुक्रबारको समय दिएको छ । आयोगका अनुसार, बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी दिन सकिने छ ।

by R. sharma | Nov 03

LATEST NEWS