img
घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

पाल्पाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार अभियान शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

by RSS | May 21
img
कैदीको उपचारका क्रममा मृत्यु

भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो । थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन् ।

by RSS | May 17
img
सोवा रिग्पा उपचारलाई प्राथमिकता दिइनेछ–राज्यमन्त्री यादव

स्वास्थ्थ राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शताब्दीऔँअघिदेखि प्रचलनमा रहेको नेपालको मौलिक सोवा रिग्पा उपचार पद्दतिलाई पनि प्राथमिकतामा राख्ने गरी नयाँ स्वास्थ्य नीति ल्याइने बताउनुभएको छ ।

by RSS | May 15
img
आँखा उपचार सेवा प्रभावकारी

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्ते बाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ को आँखाको शल्यक्रिया गरेको छ । अस्पतालमा प्रबन्ध निर्देशक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ ।

by RSS | May 15
img
वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि शनिबार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको हो ।

by RSS | May 12
img
एनिमिया रोगका बिरामीको उपचार हुनसकेन

यहाँस्थित भेरी प्रादेशिक अस्पतालमा ‘सिकलसेल एनिमिया’ जाँच गर्ने मेसिन‘ एचबी इलोक्ट्रोफोरेसिस’ तीन महीनादेखि बिग्रेको अवस्थामा छ । मेसिनमर्मत गरी सञ्चालनमा नल्याउदा उपचारका लागि अस्पताल पुग्ने बिरामी निराश भएर फर्कनु परेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले फागुन महीनादेखि बिग्रेको मेसिन दक्ष इञ्जिनीयर अभावका कारण मर्मत हुन नसकेको बताउनुभयो ।

by RSS | May 10
img
यात्रामै प्राथमिक उपचार !

बागलुङमा सार्वजनिक बसभित्रै प्राथमिक उपचार सेवा शुरु भएको छ । ‘वेलनेश टिम’ काठमाडौँको सहयोगमा धौलागिरि अञ्चल यातायात बस व्यवसायी समिति बागलुङले जिल्लामै पहिलो पटक बसभित्रै प्राथमिक उपचार सेवा शुरु गरेको हो । समितिमा आबद्ध दुई सय वटा बसमा ‘फस्ट एड बक्स’ प्राथमिक उपचार बाकस राखिएको छ ।

by RSS | May 09
img
आगोले पोलिएका बालकको उपचारमा समस्या

दुर्गम हिमाली जिल्ला हुम्लामा जटिल बिरामीलाई उपचारमा उपकरण नहुँदा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महीनाको नाबालक छोरा आगोमा परी दुबै खुट्टा पोलिएको छ । उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइएपनि जिल्लामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर पठाइएको जिल्ला अस्पतालका मानबहादुर रोकायाले जानकारी दिनुभयो ।

by RSS | May 08
img
प्राथमिक उपचारका लागि कोष सङ्कलन

विश्व रेडक्रस दिवसको उपलक्ष्यमा पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीले सचेतनासहित प्राथमिक उपचारका लागि कोष सङ्कलन गरेका छन् । रेडक्रसका जन्मदाता हेनरी ड्युनाको तस्बिरमा माल्यार्पण गरी शुरु गरिएको कार्यक्रममा रु १८ हजार ५६५ कोष सङ्कलन भएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख महेन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

by RSS | May 08
img
व्यवस्थित बन्दै सर्पदंश केन्द्र

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिँगेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई थप व्यवस्थित गरिने भएको छ । नेपाली सेनाको नारायणदल गणको प्राविधिक र नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित केन्द्रमा गर्मी याम बढेसँगै सर्पदंशका बिरामी आउनेको सङ्ख्या बढेको छ । यहाँ गर्मी मौसममा बिरामीको चाप बढ्छ । यही वैशाखका आजसम्म मात्रै चार बिरामीले सेवा लिएको सर्पदंश उपचार केन्द्र गोरुसिँगेका सचिव नवीन भण्डारीले जानकारी दिनुभयो ।

by RSS | May 08
img
तीनसय बढी महिलाको पाठेघर उपचार

कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ । यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी दिनुभयो ।

by RSS | May 05
img
छोरीको शिक्षा र स्वास्थ्यमा इन्द्रमायाको चिन्ता

छोरी बेला–बेलामा बिरामी पर्छिन् । छोरीको औषधि उपचारका लागि मलाई धौ–धौ परिरहेको छ । मलाई अरु केही चाहिएको छैन, छोरीको स्वास्थ्य र शिक्षाकै चिन्ता छ । तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया तामाङ कुसुण्डालाई आफ्नी ११ वर्षीया छोरीलाई कसरी राम्रो स्वास्थ्य र शिक्षा दिने भन्ने चिन्ता छ ।

by RSS | Apr 29
img
घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता

आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहन पुगिसक्नुभएको छ । 

by RSS | Apr 01
img
बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिनुभयो । झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उहाँले बताउनुभयो ।

by RSS | Mar 21
img
एउटै अस्पतालको भरमा १५० होटल

एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् । अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन् । 

by RSS | Feb 11
img
अग्निकर्म उपचार पद्धतिको सफल परीक्षण

मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय दाङमा अग्निकर्म पद्धतिबाट उपचार सेवा शुरु भएको छ । आयुर्वेद चिकित्सा पद्धतिअन्तर्गत नेपालमै पहिलोपटक अग्निकर्ममार्फत दाङमा छ जनाको उपचार गरिएको चिकित्सालयका निर्देशक डा रामकामेश्वर ठाकुरले बताउनुभयो । “अहिलेसम्म नेपालमा यो अग्निकर्मको उपचार पद्धति कुनै पनि आयुर्वेद अस्पतालमा शुरु भएको छैन”, उहाँले भन्नुभयो, “पहिलोपटक दाङमा हामीले यो अग्निकर्म पद्धतिबाट उपचार शुरु गरेका छौँ ।”

by RSS | Feb 07
img
निःशुल्कमा उपचार गर्ने सहमति

असहाय गरीब बिरामीको निःशुल्क उपचारका लागि सिरहाको कर्जन्हा नगरपालिका र कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलबीच सहमति भएको छ । हस्पिटलका मेडिकल डाइरेक्टर डा शिवशङ्कर साहको अध्यक्षतामा बसेको बैठकमा लामो समयदेखि बन्द रहेको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवानले जानकारी दिनुभयो ।

by RSS | Jan 25
img
आयुर्वेद स्वास्थ्य शिविरमा छ सयको निःशुल्क उपचार

यहाँको एक गाउँमा पहिलोपटक सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो । रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर सञ्चालन

by RSS | Jan 14
img
ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने भएको छ । ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि जान नसक्ने भएकाले घरैमा पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताउनुभयो । सो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बनाइएको छ ।

by RSS | Dec 30
img
सर्पदंश उपचार केन्द्र सुविधा सम्पन्न

पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न हुँदै आएको छ । केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर) ले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएपछि उपचारका लागि उक्त केन्दलाई

by RSS | Dec 09