img
उपत्यकामा रातमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान

महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाड्नुभयो । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उहाँले जागिर नै छाड्नुपरेको हो । पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताउनुभयो ।

by RSS | May 17
img
उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उहाँहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

by RSS | May 13
img
बालबालिकाले अस्वस्थकर खाजा खाँदै : प्रतिवेदन

अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ ।

by RSS | Apr 29
img
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना बनाउनुपर्ने

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै उहाँले देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

by RSS | Apr 22
img
उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि

नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दशैँ मनाउन घर गएका यात्रु दशैँको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् । महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन् ।

by RSS | Oct 25
img
उपत्यकाको फोहर उठ्न थाल्यो

करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ । यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन । सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो । अहिले सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध

by RSS | Jul 23
img
सडक निर्माण देशको विकास र समृद्धिका लागि सहयोगको पाटो बन्ने 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ले सडक निर्माणसँगै देशको विकास र समृद्धिका लागि सहयोगी बन्ने बताएका छन् । सरकारले समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गर्ने नीति अगाडि सारेको छ । सरकार योजनाबद्ध रुपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न

by Anu Rana | Jun 21
img
बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन

सरकारले उपत्यकाको बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण विभागका उपसचिव शंकर पौडेलको संयोजकत्वमा प्रदूषण नियन्त्रण एकाइ गठन गरेको हो । एकाइमा आवश्यकताअनुसार प्राविधिक थपिँदै जाने भएका छन् ।

by Anu Rana | Apr 05
img
काठमाडौँ उपत्यकामा ६० प्रतिशत थोपा सिँचाइ

काठमाडौंँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्न थालेका छन् । एक दशकयता तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । 

by RSS | Mar 29
img
शैक्षिक हडतालका कारण शैक्षिक संस्था ठप्प

नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हडतालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन हुन सकेनन् । शैक्षिक हडतालका कारण क्याम्पसदेखि सामुदायिक तथा निजी विद्यालयको पढाइ ठप्प भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले शैक्षिक हडतालका कारण करीव ३५ हजार विद्यालयका ७५ लाख विद्यार्थीको पढाइ प्रभावित भएको बताउनुभयो । 

by RSS | Mar 04
img
उपत्यकाका वाम २५ प्रदेशसभा सदस्यमा विजयी

प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ । उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो । १५ निर्वाचन क्षेत्रमा १० निर्वाचन क्षेत्र जितेको वाम गठबन्धनले प्रतिनिधिसभामा भने २५ सिट प्राप्त गरेको छ । 

by RSS | Dec 14

LATEST NEWS