img
‘मदन आश्रित स्मृति दिवसमा पार्टी एकीकरणको अन्तिम घोषणा’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् । युवा सङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा सहभागी नेताहरुले तीन गते नटुङ्गिए जेठ महीनाभित्रमा भने नयाँ सन्देश जाने कार्यकर्तालाई विश्वास दिलाउनुभयो ।

by RSS | May 16
img
फोरम र नयाँ शक्ति एकीकरणः समाजवादी पार्टी गठन

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ ।उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ । अध्यक्ष यादव र डा भट्टराईले आज यहाँ आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाउनुभएको थियो ।

by RSS | May 06
img
जापानका दुई विपक्षी दलको एकीकरण

जापानको दोस्रो ठूलो विपक्षी दल जापानिज डेमोक्रेटिक पार्टी फर द पिपुल्स’ र ‘लिबरल पार्टी’ का बीचमा पटक पटक भएको गम्भीर छलफल पछि नेताहरु पार्टी एकीकरण गर्ने निर्णयमा पुगेका बताइएको छ ।

by Anu Rana | Apr 28
img
नेकपाको जिल्लास्तरको एकीकरण सम्पन्न

केन्द्रीयस्तरमा पार्टी एकता भएको लामो समयपछि नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले इलाममा एकीकरण सकेको छ । नेकपाले मङ्गलबार बैठक बसेर जिल्लास्तरका पदाधिकारीको अन्तिम टुङ्गो लगाएको हो । नेकपाले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव गरी चार पदमा पदाधिकारी टुङ्ग्याएको छ भने प्रदेश र स्थानीयस्तरमा इञ्चार्ज र अध्यक्ष फरक–फरक पार्टीको पर्ने गरी मिलाइएको छ ।

by RSS | Apr 03
img
‘समान व्यवहारबाट मात्रै समाज एकीकरण हुन्छ’

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वक्ताले नेपालमा रहेका चार जात ३६ वर्णका मानिसलाई समान तथा बराबरी व्यवहार हुन नसक्दा राजसंस्थाको अन्त्य तथा हिन्दू धर्ममाथि सङ्कट आएको बताउनुभएको छ । पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तारका क्रममा क्रिश्चियनहरुप्रति सर्तक रहेको बताउँदै उहाँहरुले हिन्दू धर्ममा दलितलाई समान व्यवहार गर्न नसकेका कारण देशमा दिनानुदिन

by RSS | Dec 31
img
मङ्सिर १५ गतेभित्र स्थानीय तहको एकीकरण गर्न निर्देशन

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ । नगर÷ गाउँमा सङ्गठन कमिटीको गठन गरिएको छ ।

by RSS | Nov 05

LATEST NEWS