img
एकीकृत नमूना बस्ती भवन शिलान्यास

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएकोे छ । स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराउनुभएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको भवन शिलान्यास गर्नुभएको हो । बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती देशकै नमूना बनाइने उहाँले बताउनुभयो । 

by RSS | Sep 21